एक साँझ अचानक झरी पर्यो र खोसियो भीषण खडेरीको साम्राज्य नतमस्तक बन्यो सुखेनी बगर नतमस्तक बन्यो सुख्खा धर्ती झरीले आफूसँगै लिएर आयो मोहकलयको एउटा सुन्दर अनुग्रह नतमस्तक भइगएछु म नरसाई धरतीको आत्मा छुटेर गयो झरीको एउटा मोहक आवृष्टि धेरै कुराहरू बगाएर झरी रोकियो तर बगाएन माटोसँगको मेरो अनुराग बगाएन बाटोसँगको मेरो आग्रह भ्रम रहेछ सब जसरी झरीले ढोगेको भ्रममा पर्छ माटो बग्दैबग्दै आफैँ सकिएको हेक्का रहँदैन जसरी घामले चुमेको भ्रममा पर्छ हिमाल पग्लिएर आफैँ रित्तिएको थाहै हुँदैन जसरी बतासले अङ्गालेको भ्रममा पर्छ वृक्ष पातहरू उडाइलगेको पत्तै हुँदैन जसरी साँझको पर्खाईमा लालिम हुन्छ क्षितिज लगत्तै रात खसेर रोशनी निलेको होशै पाउँदैन आवृष्टिको मोहक भ्रममा परिगएँछु म म आफैँ खोसिएको यादै रहेन घाम भएर आयो र मलाई पगाल्यो झरी भएर आयो र मलाई बगायो आँधी भएर आयो र मलाई उडायो मेरो एकाग्रताको अवशान बनाई सट्टामा छोडेर गयो बितण्ड आँधीपछिको भयङ्कर सन्नाटा
आजभोलि हुरी चल्दा दोहोरिइरहन्छ त्यो मोहक भ्रमको आभास, मनको तलाउमा उठ्छन् लाखौं तरङ्गहरू तर ती तरङ्ग माझ पनि जड हुन्छु म जस्तो की हिमतालको बीचमा उभिने हिमशिला हुँ थामिए पछि भ्रमको आगत यस्तो लाग्छ जस्तो कि म कुनै नीरस बगरमा छु जस्तो कि म कुनै सुनसान शहरमा छु हो आज जिन्दगीको त्यही खण्डहरमा उभिएर खबरदारीको आवाज दिँदैछु अब उप्रान्त मोहक भ्रमको झरीमा कोही नरुझोस् किनकि त्यसले भिजाएका यादहरु अत्यन्तै गह्रुङ्गा हुँदा रहेछन् ।।।
प्रतिक्रिया