कसलाई सुनाउँ कसलाई बताउँ मनको कथा र व्यथा न मैले उसलाई भेटेको छु न देखेको छ उसले भौतिक रूपमा ! देख्दै नदेखे पनि वर्षौ अघिको चिनजान लाग्छ भेट्दै नभेटे पनि वर्षौ अघिको भेटघाट लाग्छ साता बितेको छैन एकले अर्कालाई फेसबुकमा चिनेको तर पनि वर्षौ अघिका झैं लाग्छ हामीलाई क्षणभर नदेख्दा क्षणभर नभेटदा प्रलय हुन्छ पिरतिमा ऊ पागल म प्रेमी लाग्छ हामी पागलप्रेमी ! गागरमा प्रेमको सागर भेट्छौँ दुबैले उसको मनको तापक्रम बढेर मेरो पिरति पग्लिन्छ पग्लिएको प्रेममा पौडिएर मनको बाजी मार्न आइपुग्छ ऊ मेरो नजिक म उसको नजिक केवल भावनामा ! उसको अनुपस्थिति मेरो लागि पहाड जत्रै पीडा बन्छ मेरो गैह्रहाजिरी उसको मुटु छेड्ने शूल हुन्छ खोई ! सकिएला र बाँच्न हामी दुई एक अर्काबिना ?
प्रतिक्रिया