
सन् २०१९को अन्तमा चीनको वुहान प्रान्तबाट उत्पन्न भएको मानिएको कोरोना भाइरस कोभिड १९ को प्रकोप यतिवेला विश्वका दुईसय बढी मुलुकमा पुगिसकेको छ । चीनबाट आएका एकजना युवा जो नेपालफर्कि आएक ायुवामा २०७६ साल माघ १० गतेका दिन उनको स्वास्थ्य परीक्षण गर्दा संक्रमितको लक्षण देखियो । नेपालको सन्दर्भमा ती युवा पहिलो संक्रमित ब्यक्ति हुन । उनी उपचार पछि घर फिर्ता भएको अवस्था छ । त्यसपछि बाग्लुङ, कैलाली हुँदै चितवन र विरगन्जसम्म संक्रमितको संख्या भेटिएको खवरहरु आउन लागे । जति दिनहरु वित्दै जान्छन् संक्रमित संख्या थपिदै जाने क्रमबढदै गयो । २०७७ बैशाख १० गतेका दिन उदयपुरमा ३ जना संक्रमित भेटिएपछि यसको संख्यामा तीव्रता आउनलाग्यो । यसरी झापा, विरगंज हुँदै रुपन्देही र वाँकेमा समेत संक्रमित संख्या थपिएका समाचार आउन लागे । बैशाख १६ गतेसम्म आउँदा नेपालमा संक्रमितको संख्या ५५ पुग्यो । यति हुँदासम्म पनि हामीलाई सामान्य लागेको थियो ।
२०७६ साल चैत्र ११ गते देखि नेपालमा कोरोनाको रोकथामका लागि एकान्तवासको आरम्भ गरियो । आरम्भका दिनहरुमा यसको अभ्यास नभएका कारणले कसरी सातापार गर्ने भन्ने कुराको चिन्ता धेरैमा पर्न गयो । तर विस्तारै दिनहरु वित्दै जाने क्रममा यसको पालना गर्ने सचेत नागरिकहरुमा अभ्यास बढदै गयो । उनीहरुले आफ्नो दिनचर्यालाई सोहीअनुसार बनाउँदै लगे । यहीक्रममा यो पंक्तिकारले विभिन्न जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसंग सम्पर्क गर्दा उहाँहरु आफूहरु विभिन्न सिर्जनात्मक कार्यमा लागेको सुनाउनु भएको थियो । यही क्रममा पूर्वमा झापाका हेम अधिकारी लगायतका प्राध्यापक तथा साहित्यकार मोरङका भानु भण्डारी र कञ्चनपुरका डाक्टर पुष्कर भट्ट लगायतका प्राध्यापक तथा साहित्यकार सम्म सम्पर्क गर्दा आफूहरु रचनात्मक काममा लागेको सुनाउनु भएको थियो । लकडाउनलाई सिर्जनामा लगाउने ती साहित्यकार साथीहरु पनि उदाहरणीय ब्यक्तिका रुपमा रहनुभएको छ ।
मुलुकभर कोरोना फैलदै जाने क्रममा पनि साहित्यकार साथीहरुमाकतै नैराश्यता देखिएन । लकडाउन आरम्भ भएको सातादिन भित्र र त्यो भन्दा पछि पटकपटक साथीहरुसंग फोन सम्पर्क गर्दा केही न केही सिर्जनात्मक कार्यमा लागेको कुरा सुनाउदा आफूमा समेत उर्जा प्राप्त भएको अनुभूति भयो । यसै क्रममा प्युठानका साहित्यकार रामप्रसाद पोख्रेल प्रलेस नेपालप्रदेश नम्वर पाँचका कार्यवाहक सचिव हुनुहुन्छ उहाँले पहिलो पटक सम्पर्क गर्दा आफूहरु परिवार सहित खेतीपातीमा लागेको कुरा सुनाउनु भएको थियो । त्यसपछिका दिनहरुमा पटकपटक सम्पर्क गर्दा आफू सिर्जनामा लागेको र यस पंक्तिकारको फोन सम्पर्कले आफूमा नयाँ उर्जा प्राप्त भएको खवर सुनाउँनु भएको थियो । अहिले उहाँ नयाँ कृति प्रकाशनको तयारीमा हुनुहुन्छ । लकडाउनलाई रामप्रसाद पोख्रेलले राम्रो सदुुपयोग गर्नु भयो । यस्तै समय सदुपयोग गर्ने विभिन्न जिल्लाका साहित्यकारहरु धेरै हुनुहुन्छ ।
यतिवेला नेपालका चालीस भन्दा बढी जिल्लामा संक्रमितको संख्या पुगेको छ भने लामो समयसम्म चोखो रहेको कर्णाली प्रदेशमा समेत यो भाइरसको संक्रमण देखिएको छ । यी पंक्तिहरु तयार पार्दासम्म सातसयको हाराहारीमा संक्रमितको संख्यापुगेको छ । भने पौने दुईसयको हाराहारीमा संक्रमितहरु निको भएर फिर्ता भएको खवर छ । दुःखका साथ भन्नुपर्दछ कि संक्रमणको पुष्टि हुन नपाउँदै चारजनाको ज्यान गएको छ । चारैजनाको निधन पश्चात कोरोना भाइरसबाट संक्रमित भएको पुुष्टि भएको हो । संक्रमण भएर अस्पताल पुगेकाहरुमध्ये अहिलेसम्म एकजनाको पनि निधन भएको छैन । आउँदा दिनहरुमा कसैको पनि निधन भएको खवर सुन्नु नपरोस् । यस काममा खट्ने स्वास्थ्यकर्मी प्रति सम्मान भाव ब्यक्तगर्नुु पर्दछ । यस कार्यमा अरोरात्र खट्ने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण भएको पुष्टि भएको छ । उहाँहरु विभिन्न स्थानमा रहेर अहिले उपचार गराउँदै हुनुहुन्छ । एक पटकती सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई स्यालुट गर्नु पर्दछ । जसले आफ्नो ज्यान जोखिममा राखेर पनि संक्रमितको उद्धारको कार्यका खटि रहनु भएको छ ।
अहिलेसम्म संक्रमित भएर अस्पतामा उपचारको क्रममा रहेकाहरुमध्य कपिलवस्तु जिल्ला अस्पतालमा विगत पाँच वर्ष पहिले देखि सेवारत नर्स कोरोनामाथि विजय हासिल गरेर फिर्ता भएकी छन् । उनी आफू कसरी निको भइन भन्ने सम्वन्धमा उनको भनाइ सुन्दाजो कोहीलाई पनि आश्चर्य लाग्छ । आश्चर्य यस मानेमा लाग्छ कि उनले आफूले कुनै ओखति नखाएको, तातो पानी र शरीरलाई प्रोटिन प्राप्त हुने अनि फूर्तिलो राख्ने भोजनमात्र सेवन गर्ने गरेको साथै सरसफाइमा अति ध्यान दिएको कुरा वताउने गर्छिन् । वास्तवमा वाँच्नका लागि हिम्मत चाहिन्छ भन्ने कुरा उनीबाट पुष्टि भएको छ ।उनले विना ओखति कोरोनालाई जित्न सकिन । यसवाट प्रोटिनयूक्त खाना र सरसफाइ महत्वपूर्ण कुरा हो भन्नेकुरा प्रष्ट भएको छ ।
कोरोनाबाट बच्नका लागि सजिलो र भरपर्दो विधि भनेको एकान्तवास हो । जसका लागि रकमखर्च गर्नुु पनि नपर्ने । धेरै मेहनत गरेर शरीरलाई बोझ समेत नहुने । अहिलेसम्म जो एकान्तवासमा रहेन सकेनन् साथै सरसफाइमा त्यति ध्यान दिन सकेनन् उनीहरु बढता संक्रमित भएभन्ने देखिन्छ । सामाजिक दूरी यसको अर्को प्रमुख पाटो रहेछ । एक अर्कामा सामाजिक दूरी कायम गरेर बस्नेहरुलाई कोरोनाले प्रभाव पार्न सक्दैन । तर कतिपय मानिसहरु समाजिक दूरी कायम गर्दा पनि कतै होस् नपुगेका कारण पनि हुन सक्छ उनीहरु संक्रमित भएको पाइएको छ । सामाजिक दूरी, सरसफाइमा अत्यन्त ध्यान दिनु र प्रोटिनयूक्त खानाबाट कोरोना जित्न सकिने कुरा ती नर्सको भनाइले पुष्टि गरेको छ । उनले आफूले अनुुभूति गरेको आधारमा “शरीर बलियो भयो भने कोरोनालाई जित्न सकिन्छ” भन्ने सन्देश दिएकी छिन् । यसैले होला कतिपय जानकारहरुले कोरोनाबाट सजग बनौ तर त्रसित नवनौं भन्ने गर्छन ।
तीनर्स नेपालकी चेली हुन । उनले वर्तमानमा आफूले भोगेको कुरालाई सबैका सामुुमा सबैले बुझ्ने गरी कोरोनाबाट बच्नका लागि ओखतिको पनि ओखति बताइन । साहसका कुराले हरेकलाई उर्जा मिल्ने गर्छ । साहसीती चेलीलाई बधाइ छ । जसले साहसका साथ स्वास्थ्य क्षेत्रमा काम गरिन । भोलीका दिनमा पनि अथक किसिमले लागिरहन नेपालकी चेली (नर्स) लाई वधाइ सहित शुभकामना छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया