
देश यतिखेर हरहिसावले थिल्थीलो भएको छ । एकातर्फ परिबर्तित सन्दर्भमा हामी परिक्षणको घडीमा छौं भने अर्कोतर्फ खाद्यसुरक्षाको चुनौति के कसरी सामना गर्ने भन्ने उकुस–मुकुसको सँघारमा उभिएका छौं । राज्य सन्चालन मशिनरीको गति हेर्दा सबैतिर थामी नसक्नुको छ्याल्ल–व्याल्ल देखिन्छ । हुनत पुरानोबाट नँयामा रुपान्तरण हुँदाको सकस पनि हो की भन्ने लाग्छ । तर, कतिपयलाई यो सुनौलो अवसर हात लागेको भान परेको पनि हुनसक्छ । पछिल्लो चरणमा आइपुग्दा देश राजनीतिक र प्राकृतिक सकसको भुमरीमा पर्दा सबैतिर अन्योलताले गाँजेको अवस्था छर्लङ्गै छ । समाज, भेग, क्षेत्र र सिङ्गो देशै बिलखबन्दमा परेको हो की झैं देखिन्छ । यसको निकास बिभिन्न हुनसक्छन् । त्यसमध्य कृषि क्षेत्रको बात मार्दा नियमित सँयन्त्रको साथसहयोगमा सेवा–निबृत्त कृषि बिज्ञहरुको परिचालनले ठुलै राहत पु¥याउला भन्ने एउटा ल्यातुरो आँकलन गर्न सकिन्छ ।
देशमा आएको राजनीतिक परिवर्तनसँगै हरेक क्षेत्रलाई सम्हालिन केही समय लाग्ने देखिन्छ । सबैतिर अलमल अलमल देख्दा यो पनि एउटा परिक्षण हो की झैं लाग्छ । स्वतन्त्रताको नाममा तलदेखि माथी र माथी देखि तलसम्मको चेन अफ कमाण्ड कतै मिलेको देखिन्न । स्वतन्त्र अधिकारको नाममा एकापसमा के के नमिले झैं पनि अनुभुति हुन्छ । त्यसैले होला हुकुम, आदेश र निर्देशले लक्ष्य भेट्न हाम्रा पाइलाहरु लड्खडाउन थालेका छन् । खैर यो बिषय हाम्रो परेन । हामी बिशुद्ध प्राविधिक प¥यौं । त्यसैले प्राविधिक बिषय तर्फ केन्द्रीत हुन ठिक होला ।
हाम्रा सँरचना, सोँच, लक्ष्य र काम गर्ने टेक्टीसमा परिबर्तन गर्ने सवालमा फेरबदल ल्याउँदा सबैतिर भताभुङ्ङ भएको कुरा दोहो¥याई रहन परोइन । अब केही समय यसले धेरथोर भएपनि बिगतमा भएगरेका सबै आधारहरु तहसनहसको अवस्थामा पु¥याएको कुरा महसुस गर्ने, अनुमान लगाउने र बिश्लेषण गर्नुको अर्को बिकल्प पनि रहेन । यसरी नै अघि बढ्दै जाँदा कँहा पुगिएला ? ठम्याउन सक्ने अवस्था पनि देखिन्न । हामी एकातिर सिङ्गो कृषि क्षेत्रको रुपान्तरण गर्ने परिक्षणको घडीमा छौं भने अर्कोतर्फ तिन करोड जनतालाई आवश्यक पर्ने खाद्यबस्तु उत्पादन र आपूर्ति व्यवस्थापनको चुनौति खेप्नु लरोतरो छैन । स्थानिय स्तरमा बिकास गरिएका श्रोतकेन्द्र, उत्पादन सामग्रि आपूर्ति व्यवस्थापन, उत्पादित कृषि उपज बजारीकरन, कृषि उद्यमीहरुलाई प्राविधिक सेवाटेवा र योजना तर्जुमा सहजिकरनका लागि चाहिने विवरण तथ्याङ्क, उत्पादन एकिकरण र बिश्लेषणका सबै कर्ताहरु लङ्गडो भएका छन् । यतिबेला एकातर्फ अनुभवले खारिएका बुढा प्राविधिकहरु सेवाबाट निबृत्त हुँदै निस्कने र नँया प्राविधिक भर्तिको तारतम्य मिलिनसकेको अवस्थामा अन्न उत्पादन हुने खेतबारीमा ठुलो खाडल निम्तिन पुगेको छ ।
ठ्याक्कै यतिबेला कोरोनाले गर्दा हाम्रो देश मात्र होइन पुरै ब्रम्हाण्ड महासँकटको घडीमा लुट्पुटिएको छ । जेसुकै हउस्, हामी हाम्रै कुरा गरौं । बिभिन्न अर्थ र उद्देश्यले सँसारका बिभिन्न देशमा गएका लाखौं नेपालीहरु यतिबेला कोरोना कहरले स्वदेश फर्कन आतुर छन् । हामीले देख्यौं, सुन्यौं देशको एक कुनाबाट अर्को कुनासम्म त जनताहरु हिँडेर भएपनि घर आई पुगे । उता ठ्याम्म सिमाना जोडिएको हिन्दुस्तानबाट हजारौं नेपालीहरु देश भित्रिइ सके । अरु हजारौं नेपाली देशको सिमानामा आएर देश भित्रिने र परिवारको थुतुनो हेर्ने पर्खाइमा पौंठेजोरी खेल्दै छन् । थप हजारौं आफु रहेको स्थानबाट पोकापुन्तुरा कसेर पाइलाचाल्न आतुर छन् । यसैगरि सात समुन्द्रपार गएका नेपालीको अवस्था झन कन्तबिजोक छ भन्ने सुनिन्छ । हिंडेर आउन सम्भव छैन । गुडेर आउन गाडी छैन । उडेर आउन जहाज बन्द । तर तिनीहरु कुनैपनि बेला देश भित्रिन हरदम, हरपल कानमा सम्चारको ठोंसो र नजरभरी भरोसाको त्यान्द्रो राख्न बिर्सेका छैनन् । भन्दैगर्दा बनिबुतो गर्न मुग्लानिएका लाखौं नेपालीहरु ढिलोचाँडो देशभित्र छिर्ने छन् । गतबर्षसम्म गाउँघरमा बसि निम्छरो खेतिपाती गर्ने परिवारका सदस्य र पर्देशिएका जनहरु घर भित्रिएपछि बँझिएका ती पाखापखेरो, खेतबारीमा परिवारजन मिलि पाखुरी बजार्नुको अर्को बिकल्प छैन । उसैगरी जल्दी गरि बिदेश हान्निम्ला भन्न परोइन ।
यतिबेला देशको सिमा मिचिएको मुद्दा पेचिलो बन्दै गएको छ । एकातिर देशको एउटा चोक्टा लुछिएको अवस्था, अर्कोतिर कोरोना कहर । सानो हुनुको पिडा छँदैछ । अब यो मुद्दाले हामीलाई कँहासम्म लैजाने हो ? अनुमान गर्न गाह्रै पर्ला । यसको मतलव उताबाट पहिलेभन्दा अझ कसिलो नाकाबन्दी हुनसक्ने प्रवल सम्भावना छ । अन्य देशहरुको हालत पनि कम्ताको पिडादायी छैन । यस्तोबेला हामी र हाम्रा जनतालाई आवश्यक पर्ने खाद्यबस्तु उत्पादन गर्नु चानचुने कुरा छैन ।
अव हामी तिन करोड नेपालीलाई आवश्यक पर्ने अन्नपात, खान्किमान्की फलाउन के कसो गर्ने त ? बिदेश गएर आएकाहरुले हातमा थोरैमरै भएनी शिप त बोकेर आएकै होलान् । तेत्तिका जनशक्ति र हामी प्राविधिक सबै मिलि पैला झैं इत्ति भएनी कृषिमा उन्नत प्रविधिको शिप खन्याउँदै राज्यको सोलोडोलो आव्हानमा जोत्तिनुको अर्को बाटो नहोला । यस घडीमा कृषि बिकासमा आइपर्ने समस्यासँग तत्कालको लागि सामुहिक रुपमा जुध्न एकातर्फ नँया र जोशिला प्राविधिक जनशक्तिको भर लिनुछ । अर्कोतर्फ सेवानिबृत्त भएका तर पैंसठ्ठि बर्ष ननाघेका कृषि बिज्ञहरु जो राष्ट्रको आव्हानमा सरिक हुन चाहन्छन्, तिनीहरुले आ–आफ्ना थलोमा फर्म स्थापना गर्ने, कृषिबस्तु उत्पादन गर्ने र कमाण्ड क्षेत्र वरपरका कृषकहरुलाई प्राविधिक सेवा पु¥याउने उद्देश्यले राज्यव्दारा परिचालन गर्न सके धेरथोर सहयोग पुग्ने देखिन्छ ।
आ.ब.२०७६/७७ को विवरण हेर्दा करिब १२५जना बिभिन्न बिषयका अधिकृत बिशेषज्ञहरु सेवानिबृत्त भएको देखिन्छ । यसरी पाँचबर्षको अवधिमा औषतमा ६०० बढि कृषिका अनुभवि बिशेषज्ञ जनशक्ति सेवानिबृत्त भई बसेका होलान् । स्थानिय पालिकाहरुमा रहेको जनशक्ति अभावमा यो जनशक्ति कामयाव हुनसक्छ । सेवानिबृत्त जनशक्तिको एकचौथाई मात्र यसमा सँलग्न भएपनि सवासयको हाराहारीमा सहभागि हुनसक्छन् । यसो गर्दा शहर केन्द्रीत जनशक्ति बिकेन्द्रीत हुँदै देशभर सवासय फर्म र बिज्ञसेवा केन्द्र स्थापना हुन सक्छ । यस कामको लागि पे्ररित बिज्ञहरुबाट राज्यलाइ दिने सेवा र राज्यले सुम्पिने जिम्मेवारी सन्चालन गर्न निम्नतम सहयोगको सँयोजनबाट थप जनशक्ति परिचालन गर्न सकिन्छ । यतिबेला हामीलाई यो साझा छलफलको बिषय हुनसक्छ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया