
नारा के हो ?
कुनै पनि कार्यक्रम तथा अभियानको केन्द्रिय अभिव्यक्ति नारा हो । यसलाई हामीले कार्यक्रममा अभियानको मुख्य अंशको अभिव्यक्ति गर्ने झण्डाको रुपमा पनि बुभ्mन सकिन्छ । हामीलाई थाहा छ समाज विकासको क्रममा जव युरोप तथा अमेरिकी लगायतका समाजमा ठुला भनाउदा सामन्त र पूँजीपतिहरुले आफनै मानव जाती माथि चरम अमानवीय कार्य गर्दै उनीहरु माथि शोषण, दमन र अत्याचारहरु गरिरहेका थिए त्यतिबेला शोसित पिडित मानव जातीका अगुवा महामानव कार्लमाक्र्स र ऐगेल्सहरुले यो अमानवीय शोषणका विरोधमा जुध्न र यस अत्याचारको समुल नष्ट गरी सुन्दर शोषण रहित बैज्ञानिक समाजवादको स्थापना गर्नु पर्दछ भन्ने सोचका साथमा विश्वभरिका शोषित पिडित मानवहरुलाई एक हुनका लागि आव्हान गरिएको एउटा कालजयी नारा ( संसार भरिका मजदुरहरु एक हौ) भन्ने नारा तय गरिएको थियो । र उक्त नाराको उज्यालो प्रकाशमा लाखौ लाख मानिसहरु गोलबन्द हुदै गएर आज विश्वका कतिपय भुखण्डमा मानव जातीले आफुलाई उक्त मानवीय शोषणको जालोवाट मुक्त गर्दै सम्पन्न राष्ट्रको रुपमा उभ्याउन सफल भएका छन् ।
आज विश्वको राज्य संचालनको पद्धतिलाई हेर्ने हो भने एक थरि विचारले संपूर्ण शोषित पिडितहरुको साथ समर्थन लिदै उनीहरुको जीवनको विकासलाई पहिलो प्राथमिकता दिने गरी अगाडी बढने राष्ट्रहरु पनि छन भने अर्का थरि विचार बोकेकाहरु समाज विकासको शुरु अवस्थावाटै शोषित पिडित बर्गको दमन र शोषण गर्दै केहि सिमित बर्गको पक्ष पोषणमा राज्य संचालन गर्दै आएका छन् । आज विश्वमा यहि दुई थरि वर्गको प्रतिस्पर्धामा राज्यहरु संचालन हुदै आएका छन । यतिबेला विश्वमा यी दुइ विपरित विचार बोकेका राज्यहरुको वीच शक्ति सन्तुलन बरावरको अवस्थामा आइ पुगेको छ भन्दा अत्युक्ति नहोला । आगामी केहि दशकसम्ममा कुन विचारले विश्वलाई नेतृत्व गर्ने हो भन्ने बारेमा नतिजाहरु आउनेछन भन्ने अनुमान गर्न सकिनेछ । यी दुई विपरित विचारको नेतृत्व एशियामा चीन र भारतले गरेका छन भने विश्वमा यसको नेतृत्व चीन र अमेरिकाले गरेका छन भन्न सकिन्छ ।
अहिले प्राय सवै सरकारहरु, संघ सँस्थाहरु र व्यवशायिक सँस्थाहरुले पनि यस खालका नाराहरु तय गर्ने र आफना कार्यक्रमहरु बनाउने गरेको पाइन्छ । नेपालको राजनीतिमा हेर्दा राणा शासनको चरम शोषण र अत्याचारको विरुद्धमा लडनका लागि पनि नेकपाको स्थापनाको बेलामा क पुष्पलालले संसार भरिका मजदुरहरु एक हौ भन्ने मुल नारालाई नै आधार मान्दै नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो । त्यहि विचारको आधारमा स्थापना भएको कम्युनिष्ट पार्टीले नेपालमा राणा शासनको अन्त्य गर्ने घोषणा गर्नु भएको थियो र कालान्तरमा नेपालवाट राणा शासनको अन्त्य पनि यहि नाराको भावनाले भएको थियो ।
राणा शासनको अन्त्य पछि क्रमशः नेपालमा पुन राजाको अत्याचारी शासनले चरम सिमा नाघ्न थाले पछि नेपालका राजनैतिक दलहरुले निरंकुश पंचायति व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना भन्ने मुल नारा तय गरे पछि सवै राजनैतिक दलहरुको आन्दोलनवाट पंचायति व्यवस्थाको अन्त्य भयो । २०६२ तिर आए पछि राजासहितको बहुदलीय व्यवस्थामा राजाले पुनः निरकुश व्यवस्थाको शुरुवात गर्ने पहल गरे पछि पुन नेपालका राजनैतिक दलहरुले निरंकुश राजतन्त्रको समूल अन्त्य लोकतान्त्रिक गणतन्त्रको स्थापना भन्ने नाराकासाथमा दोस्रो जनआन्दोलनको संचालन गरेर नेपालवाट राजतन्त्रात्मक शासन व्यवस्थाको समुल नष्ट भयो र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना हुन गयो ।
कुनै पनि अभियान वा आन्दोलनमा नारा तथा कार्यक्रमको कति महत्व हुन्छ भन्ने विषय हामीले हामै जीवनकालमा हाम्रो समाजमा देखेका र भागेका छौं । नेपाली समाजमा राज्य संचालन गर्नेहरुले जनताको ध्यानाकर्षणका लागि विभिन्न नाराहरु बनाएका इतिहास हाम्रै सामु छन् । हामीले विगतमा पंचायति व्यवस्थाले तय गरेका नाराहरु हेर्ने हो भने शोषणरहित समाजको श्रृजना, एशियाली मापदण्डको विकास र शान्ति क्षेत्र नेपालको स्थापना लगायतका थुपै्र थुप्रै नाराहरु तय गरेको थियो । जुन अवस्थामा समाजमा चरम शोषण मात्र होइन मानिसहरुले नागरिक अधिकारका कुरा गर्दा कैयौ नागरिहरु गोलीका शिकार बनेका थिए । जुन समयमा समाजमा चरम अशान्ति र त्रासको बाताबरण थियो । हामीले देख्यौ उनीहरुले बनाएका नाराहरुले उनीहरुलाई खिजाइरेहका मात्र थिएनन उनीहरुको शासन समेतको अन्त्य गर्ने बाताबरण हुन पुग्यो ।
यसै गरी बहुदलीय व्यवस्थाको स्थापना पछि पनि नेपालका राजनैतिक दलहरु र नेताहरुले अनगिन्ति नाराहरु लगाएका थिए । नेपाललाई स्वीजरलैण्ड बनाउने, काठमाण्डौ उपत्यकालाई पानीले पखाल्ने, नेपाली जनताको गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, गर्ने, जस्को जोत उसको पोत, लगायतका नाराहरु लगाइएको थियो तर ती नाराहरु लामो समायसम्म बेवारिस अवस्थामा नै थिए भने लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना र कम्युनिष्ट पार्टीको संचालन पछि क्रमशः यी नाराहरुले आकार लिन थालेकाछन् ।
लोकतान्त्रिक गणतन्त्र स्थापना पछि निर्वाचित भएको नेकपाको बहुमतको स्थिर सरकारले पनि हालसम्म तीनवटा नीति तथा कार्यक्रमहरु संसदमा पेश गरी सकेकोछ । यस सरकारले पनि आफ्ना काम अगाडी बढाउनका लागि थुप्प्रै नाराहरु जनताको वीचमा प्रस्तुत गरेकोछ । समृद्ध नेपालः सुखि नेपाली, अहिलेको सरकारको मूलभूत नारा हो भने यसलाई सफल बनाउनका लागि विभिन्न विषयगत नाराहरु पनि तय गरेको छ । जस्तै कोहि भाकै पर्दैन, कोहि भोकले मर्दैन, नेपालको पानी जनताको लगानी, स्वच्छ नेपाल, संपूर्ण जग्गाको बर्गीकरण, कृषि योग्य जग्गाको संरक्षण, समृद्धिका लागि बन, स्वदेशी बस्तुको उपयोग गरौ, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौ, चिनौ आफ्नो माटौ बनाउ आफनो देश, बाल बालिकालाई विद्यालय ल्याऔ, पढाईमा टिकाऔ, निरोगी नेपाल निर्माण, समुदायको सक्रियता र जागरण, सरकारी, सार्वजनिक, गुठी जग्गाको संरक्षण, उद्यमशिलता, रोजगारी र उत्पादन बृद्धि, हन्छ नेपालको समृद्धि, म भ्रष्टचार गर्दिन,म भ्रष्टचार हुन दिन्न,म देश र जनताको लागि इमान्दार भएर काम गर्छु, लगायतका नाराहरु आर्थिक बर्ष ०७७।०७८ को नीति तथा कार्यक्रममा तय गरिएका छन ।
त्यसै गरी प्रदेश नं ५ को सरकारले केन्द्रिय सरकारको मुलनारा समृद्ध नेपाल, सुखि नेपाली लाई आत्मसाथ गरि सो अभियानलाई प्रदेशमा गतिकासाथ अगाडी बढाउनका लागि आफनो मुल नारा, विषयगत नाराहरु र केहि दुरगामी महत्वका कार्यक्रमहरु घोषणा गरेको छ । यस प्रदेश न.५ले प्रदेशको मूलभूत नाराको रुपमा समृद्ध प्रदेश ः खुसि जनता तय गरेको छ भने यस नारालाई सफल बनाउनका लागि अन्य विषयगत नाराहरु तथा केहि दुरगामी महत्वका कार्यक्रमहरु पनि तय गरेकोछ । प्रदेशले हासम्म तय गरेका विषयगत नारा तथा महत्वपूर्ण कार्यक्रमहरुमा रहरले काम गरौ, हाँसेर सेवा गरौ, एक गाउँ एक उत्पादन, एक पालिका एक सीत भण्डार, एक पालिका एक फर्म, एक श्रोत केन्द्र, मुख्यमंत्री ग्रामिण विकास कार्यक्रम, शीपयुक्त महिला,आत्मनिर्भर पहिला, गरौ व्यवशायिक कृषि, यसैवाट हुन्छ प्रदेशका समृद्धि, स्वच्छ पानी,स्वस्थ जीवन, सडक मानव मुक्त समाज, एकिकृत श्रमिक आपुर्ति केन्द्र, सरसफाई हाम्रो पहिचान, र हाम्रो सँस्कृति, एक वडा एक पार्क, एक गाउँ एक पोखरी, एक निर्वाचन क्षेत्र एक औधोगिक ग्राम, प्रदेश परियोजान बैक, श्रम संवाद केन्द्र, स्वदेशी श्रम स्वदेशमै पसिना, मध्य पाहाडी बहुउदेश्यीय कृषि विकास फर्म, सहकारी बजारको स्थापना र संचालन, बाली बस्तु विशेष नमुना फर्म, खोरत रोग उन्मुलन अभियान, फलफुल विरुवा रोपण अभियान, भूमि बैक तथा करार खेती, प्रत्येक जिल्लामा नमुना कृषि विकास कार्यक्रम, एक घर एक धारा, उज्यालो प्रदेश, आधारभूत शिक्षा र स्वास्थ्य जनताको अधिकार , एक स्थानीय तह एक नमुना विद्यालय, एक स्थानीय तह एक खेलकुद मैदान, डिजिटल प्रदेश, विकासमैत्री संचार र संचारमैत्री सरकार, जनतासंग प्रदेश सरकार आदी ।
यसै गरि विभिन्न पालिकाहरुले पनि यस प्रकारका नारा तथा दुरगामी महत्वका कार्यक्रमहरु घोषणा गर्दै आएका छन् । बुटवल उपमहानगर पालिकाले पनि निन्न लिखित केहि कार्यक्रम तथा नाराहरु तय गरेका देखिन्छ ।
जस्तै समृद्ध बुटवल, सुखि जनता, सवल आर्थिक केन्द्र समन्नत बुटवल, साक्षरतायुक्त,खुला दिशा मुक्त, पुर्ण खोप मुक्त, छुवाछुत मुक्त बुतवल, बुटवल उपमहानगर,गुणस्तरीय शिक्षामा समतामूलक अवशर, के पाइन्छ होइन जनतालाई के चाहिन्छ भन्ने आधारमा कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, संचार, यातायात, पर्यटन, कृषि,उद्योग र व्यापार, बुटवलको विकासको मूल आधार आदी मुल नारा र विषयगत नाराहरु पास गरेका पाइन्छ ।
हामीले नारा तथा महत्वपूर्ण कार्यक्रमहरु बनाउदा त्यसलाई कार्यान्वयन गर्ने ठोसं कार्यक्रमहरु, कार्यक्रम कार्यान्वयन गर्ने आवश्यक संरचना, संरचनामा आवश्यक दक्ष जनशक्ति, यो सवै संरचनाको लागि आवश्यक कुशल नेतृत्व र समग्र कार्यक्रम संचालनको आवधिक रुपमा अनुगमन र मुल्याकन गर्ने प्रणालीलाई सुव्यवस्थित र सुसंचालन गर्न सकिएन भने यी नारा तथा कार्यक्रमहरु अधुरा, अपांग वा बेवारिस हुने गर्दछन् । विगतका सवै नारा तथा कार्यक्रमहरुलाई नियालेर हेर्ने हो भने यस्ता थुप्रै उदाहरणहरु पाइन्छन् । हामीले बनाएका कार्यक्रमहरु आवधिक रुपमा मुल्याकन गर्ने र के कति कामहरु सम्पन्न भए र के कति कामहरु गर्न वाँकी छन भन्ने बारेमा समेत आवश्यक प्रकृयाहरुवाट समिक्षा तथा मुल्याकनहरु सार्वजनिक गर्ने व्यवस्थाहरु बनाइनु पर्दछ ।
हामीले विगतका नाराहरुलाई हेर्ने हो भने कतिपय नाराहरु जनतालाई आँखामा छारो हाल्ने, कतिपय नाराहरु जनताको भावनामात्र समेटनका लागि बनाउने, कतिपय नाराहरु चुनावी प्रचारको लागि बनाउने, कतिपय नाराहरु ठोस योजना र कार्यक्रम वीना नै ध्यानाकर्षणका लागि बनाउने, कतिपय नाराहरु मिठास र अनुप्राशका लागि बनाउने गरेको पाइन्छ । कतिपय संगठन तथा अभियानमा नाराहरु भावनामा आएर बनाउने र कार्यक्रमहरु औपचारिक कार्यक्रम पछि कुनै कार्यालयमा थन्किने गरेको पनि पाइन्छ । सरकार संचालनका क्षेत्रमा पनि यस खालका धेरै नाराहरु यस्तै प्रबृतिमा रहेका पनि होलान । तसर्थ हामीले नारा तथा अभियानहरु बनाउँदा निकै गंभिर बनेर बनाउने र बनाए पछि त्यसको कार्यान्वयनका लागि ठोस कार्यक्रम बनाउने, हामीले तय गरेका विषयबस्तुहरु कार्यान्वयनका पक्षहरु काँहा पुगेका छन, अव त्यसका कति कामहरु बाँकी छन् र त्यस्ता बाँकी कार्यहरु कति समयमा कसरी पुरा गर्दछौ वा पुरा गर्न नसकिने अवस्था भएमा सरोकारवालाहरुलाई नियमित तरिकाले जानकारी समेत गराउने असल परंपराको विकास गरिनु पर्दछ ।
तर विगतमा यस खालका कार्यहरुलाई जस्ले चुस्त दुरुस्त गरेका छन त्यस्ता संस्थाहरु जनताको नजरमा इमान्दार र जिम्मेवार सँस्थाका रुपमा रहेका छन भने जस्ले यस पक्षमा बेवास्ता गर्ने गरेका त्यस्ता दल, सरकार तथा सँस्थाहरु जनताको नजरमा अविश्वसनीय हुनेका गरेका छन् । समय परिवर्तन हुदै राणा शासन, निरंकुश राजतन्त्रात्मक शासन, बहुदलीय शासन हुदै लोकतान्त्रिक शासन व्यवस्थामा आई पुगेकाछौ तर हाम्रा कतिपय कार्यशैलीहरु बदलिदो परिस्थिति र शासन व्यवस्थानुसार चल्ने र घोषणा गरिएका विषयहरु समयमा पुरा गर्दै जनताको विश्वास आर्जन गर्ने पक्षमा आवश्यकतानुसार पुरा हुन सकेका छैनन् । यस विषयमा अव सवै सरकार तथा संघ सँस्थाहरु गंभिरताकासाथमा अगाडी बढने बेला आएकोछ ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया