खै खै आमा गाग्री देऊ जान्छु छैन अँधेरो
अपी हिमाल मुन्तिर लिम्पियाधुरा पँधेरो
……………………………………..
साँध लाउने जोधाहा समुद्रपारि गैसक्यो
उसको मसान जागेर कालापानी आइसक्यो
खै खैआमा गाग्री देऊ……………………
चन्द्र सूर्य आँखा छन् जूनकिरी मेरो साथी छ
गोरखालीको सन्तति डरपोक छैन आँटी छ
खै खै आमा गाग्री देऊ………………….
लिम्पियाधुरा ,लिपुलेक , कालापानी हाम्रै हो
पानीघाट नुनथलो गुन्जी नाभी हाम्रै हो
खै खै आमा गाग्री देऊ…………………….
छोड्न सक्दैन गोर्खाली बाजेको धारा पँधेरो
साँधमिचाइ सहन्न गर्धन जाओसं यो मेरो
खै खै आमा गाग्री देऊ…………………..
ठूलो डाँको छोडेर तोपको शान नझार
ढुङ्गा मूढा हाम्रा छ्न् गारत लेक पहाड
खै खै आमा गाग्री देऊ………………….
सत्यमेव जयते हाम्रो मूलमन्त्र हो
मुद्दा किनारा लगाउने सम्बाद हाम्रो जन्त्र हो
खै खै आमा गाग्री देऊ……………………
प्रतिक्रिया