
नारायणकाजी श्रेष्ठजी नेकपाका प्रवक्ता, समाचार अनुसार राजीनामा दिएपछिका पनि यथावत पार्टी प्रवक्ता । हालैको निर्वाचनबाट राष्ट्रिय सभाका माननीय उनैले उठाएको मुद्दा हो पार्टी परित्यागको मुद्दा । सुविचारित ढङ्गले उठाएको हो वा उथलपुथलको आपाधापिमा गरेको वक्तव्य बाजी थियो समयले निर्क्योल गर्ला । उनका प्रतिष्पर्धी नेबिसंघका पूर्व विद्यार्थी बाबुराम भट्टराईजीलाई गार्खाले संसदमा पठाएको थियो गत प्रतिनिधि सभाको निर्वाचनमा । जनमतले नारयणकाजी श्रेष्ठजीलाई पाँचवर्ष जनसेवामा लाग्नभन्यो वामदेव गौतमजीलाई झैं । एकछिन निर्वाचनमा यो पटक भागन लिने कुरा गरे नारायणकाजी श्रेष्ठजीले भन्ने सुनिएको हो । ठूला नेता सरकार बाहिर बस्दा औडाहा हुने एउटा समस्या एकातिर सरकार प्रमुखको लक्ष हासिल हुने योजना आइपरेको पो थियो कि अनुमान गर्न पनि सकिने भयो ।
नारायणकाजी श्रेष्ठजी संयोजनकारी नेता हुन भन्ने मेरो बुझाइ रहेको छ लामो समयदेखि । अहिले पनि मेरो यही धारणा रहेको छ । द्वन्द्वका समयमा उनले देखाएको भूमिका बिर्सनु हुँदैन भन्ने म ठान्छु । यता देशमा कोरोना संकटसँग जुध्ने बेलामा सरकार ढाल्ने योजनाकारको दूरगामी दुष्परिणामको हेक्का राख्नु पर्थ्यो उनले भन्ने मात्रहो । उनले आर्जन गरेको बिषयगत प्रस्तुतिमा देखिने शालीनता लोभ लाग्दो रहेकोछ ।
नारयणकाजी श्रेष्ठजीले “छोटीमुह बडीबात“ गरेको कसैलाई लागे पनिउनले पार्टी परित्यागको सही मुद्दा उठाएका छन । उनले नेकपाका निहु खोज्ने उमेरका नेताको नामलिन सक्दैनथे । उनले काखापाखा नगरी टेस्टेड र आत्मत्केन्द्रित नेताजतिलाई परित्याग गरून् भनेको हो प्रष्ट पारेका छैनन । सांकेतिक छ भनाइ त्यसैले नेपाली काँग्रसका गणेशमान सिंहजी र कृष्णप्रसाद भट्टराईजीको पार्टीपरित्यागको चर्चा गरेका छन । परित्याग आफै स्वेच्छाले छाड्ने हो । नचुनिने नचुन्ने हो, पार्टी सदस्य समेत नरहने हो । विचार दृष्टिकोंण र आन्दोलनबाट विमुख हुनु वा बिरूद्धमा जानू होइन । आफू हिडेर आएको विगतलाई सराप्ने, सम्बन्धित सँस्थाको नीति सिद्धान्तका बिरूद्ध अर्कै संगठन बनाउदै बनाउदै हिड्नेले भन्ने गरेको परित्यागलाई पूर्ण परित्याग कसरी भन्न सकिएला यो पछिको छलफललाई छाडौ । यस खाले परित्यागको प्रतिनिधिपात्र भु पू प्र म बाबुराम भट्टराईजी हुन सक्छन ।
नारायणकाजी श्रेष्ठजीले चर्चा गरेको पार्टीपरित्यागलाई बल मिल्नेगरी मोदनाथ प्रश्रितजीबाट यही २०७७ जेठ ३ गतेको दासढुङ्गा कान्डको सन्दर्भमा आएको छ । एमाले र एमा ओवादीको चुनावी एकतापछिको पार्टीएकता पार्टीकलहको रूपमा बाहिरियो । स्थीर सरकारको प्रतिबद्धतालाई तोड्ने र केपीशर्मा ओलीजीलाई प्र मबाट हटाउने मोर्चाबन्दीको प्रयास सुनिन थाल्यो । नेकपाका कतिपय नेता खुले आममिडियामा छरपष्टभएर अध्यक्ष एवम प्रधानमन्त्रिको बिरूद्धआफ्नो औकात पस्किन थाले । यसको नेतृत्व सचिवालयका आफ्नो समयमा सरकारमा रहेर टेस्टेड नेताहरूले गरेका थिए ।
सर्वाेच्च पद अध्यक्ष र प्रधानमन्त्रीमा कर्मशील र उर्जावान नयाँ नेताको प्रसंग चल्ने सवालै भएन टेष्टेटेडहरूका विचमा । लागेपुगेसम्म यीनीहरू सत्ताको कुर्सीबाट ब्रह्ममनालको शैयाकाआकाङ्क्षी रहेको मानिन्छन जनमानसमा । सत्ताको छिनाझप्टिमा जिन्दगी सकिने हुँदा जीवनको उत्तरार्धमा पनि यिनीहरूलाई फुर्सद हुँदैन, कुनै गहन अध्ययन अनुभवलाई पुस्तकमा समेटर भावि पुस्तालाई केहीदिन पनि भ्याउदैनन । समय अभावमै कालकलवित हुन पुग्छन आभागीहरू ।
नारायणकाजी श्रेष्ठजीले अहिले सचिवालयमा रहेका नेताहरूप्रति सङ्केत मात्र गरेको थिए परित्यागको । उनको निसाना कसमाथि थियो बुझ्नेलाई इशारा काफिछ । तत्काल नयाँ प्र म का लागि ठाउँ खाली गर्ने प्रयोजनका लागि परित्यागको विचार ल्याएका पो थिए किभन्नेलाई शंकागर्ने ठाउँ रहन्छ ।
अहिले मोदनाथ प्रश्रितजीबाटआएको पछिल्लो परित्यागको कुरा तार्किक छ परिपक्व छ । मोदनाथ प्रश्रितजी आफै पार्टीपरित्यागी रहेकाले, पार्टीलाई राम्रो जनमुखी बनाउन लामो समय बहस चलाएका नेता रहेकाले परित्यागको प्रस्तावमनन योग्य देखिन्छ । सरकार पूरा समय चल्नु पर्छ । महाधिवेशन गर्नु अघियही नेतृत्व रहनु पर्छ । यसैले महाधिवेशन गराउनु पर्छ । महाधिवेशनले नयाँ नेतृत्व केपीशर्मा ओलीजी, पुष्यकमलदाहालजी, माधवकुमार नेपालजी, झलनाथखनालजी र वामदेव गौतमजी बाहेकको बन्नु पर्छ । नेकपालाई जीवन्त बनाउने आसय हो यो मोदनाथ प्रश्रितजीको । यसमा यहाँ नाम लिइएका नेताको सम्बन्धमा महाधिवेशनताका कुरा होला ।
परित्यागका चर्चाकार नारायणकाजी श्रेष्ठजीको मत यो सवालमा त चाहियो नी । माथि उल्लेखित पाँचथान नेता सबैले परित्याग गर्न भनेको स्वीकार्य छ वा नयाँ प्रस्ताव छ श्रेष्ठजीको ? नागरिकका अपेक्षालाई आत्मसात गर्ने वाचाका साथ एकीकृत भएका दुई पार्टीका नेतृत्व तहका सचिवालय तह र स्थायी समिति तहमा द्वन्द्व प्रगट भयो । महाधिवेशन तथा एकीकरणपहिलेदेखिका प्यानलका धारहरू आउने महाधिवेशनले समाधान गर्नु सही र स्वभाविक हुन्थ्यो । जहाँ आन्तरविरोध भेट्यो त्यही सुँढघुसारेर, उचाल्ने पछार्ने गरेर आफू प्रथम भइरहन पर्ने मनोरोगले कम्युनिस्ट एकताको यो अभियानमा पनि पुष्पकमलदालजीलाई छाडेन । उनी नेकपाको उपाध्यक्षको मात्र योग्य थिए । जबजलाई आत्मसमत गरी महाधिवेशनबाट सहमतिको पूर्ण अध्यक्ष हुन प्रतीक्षा गर्नु पर्थ्यो उनले । पदका लागि जोसँग पनि जान सक्ने जेपनि गर्न पछि नपर्ने उनको कार्यशैलीले सुध्रने मौका पाएन नेकपामा आउँदा पनि ।
महाधिवेशनमा भएको पराजय नस्वीकारेर विचमै पदको दावी गर्ने माधवकुमार नेपाल प्रवृत्तिमा मलजल गर्ने काम, नेकपाको भविष्य आगामी निर्वाचनमा यसको जनमत घटाउने काममा प्रचन्ड प्रवृत्ति थपियो । प्रचन्ड पथ असफल भएको र जनताको बहुदलीय जनवाद जबज स्वीकार गरेको प्रष्टता विनै गरिएको एकता अनैतिक अपरिपक्व र अध्खलो थियो भन्ने आजआएर छर्लङ्ग भैसकेको छ ।
नेता बहुलाउँदा पनि कार्यकताले बचाएको पार्टी भन्ने गरिन्थ्यो एमालेलाई । यसमा नेताले बँचाएको एमाओवादी पार्टी आएर मिसिएको छ , अर्थात एकीकरण भएको छ । यस्तो पार्टीको प्रवक्ता हुन यतिबेला नारायणकाजी श्रेष्ठजी ।
जबजको प्रभाव कति गहिरो थियो एमालेमा भन्ने बुझ्न वामदेवजीलाई हेर्दा पनिहुन्छ । माधव नेपालजीले विधानमान भएको उपसचिव बनाएर आफू सरकारमा जाने र फर्केर पद खोस्ने कुराबाट अपमानित भएकाले जबज बिरोधीसिपी मैनाली खेमामा गएर पनि जबजको बलियो पक्षधर भएकाले वामदेवजी पुनःएमालेमा फर्केको प्रतिनिधि उदाहरण हो यो । यस्तो विगतको वैचारिक जनाधार भएको संठनको वर्तमान प्रवक्ता हुन नारायणकाजी श्रेष्ठजी । उनले बोल्दा प्रस्ताव राख्दा कार्यकर्ताका चाहना, जनचाहनाको प्रतिनिधित्वको स्वभाविकअपेक्षा रहेको हुन्छ । एउटा संयोग मान्नु पर्छ पार्टीलाई तोडफोड गर्ने ईतिहास भएका प्रचन्डजी र पार्टीएकताका प्रखर हिमायति केपीशर्मा ओलीजीद्वयको साझा प्रवक्ता नारायणकाजी श्रेष्ठजीको भूमिका सत्ता छिनाझप्टिको अप्ठेरो समयमै पनि सन्तुलित हुनु जरूरी हुन्छ ।
महाधिवेशन पहिले यसले आफ्नो सिद्धान्त राजनीतिक लाइन तय नगर्दै नेकपालाई अन्तरध्वंश गराउने साजिसमा जानेर वा नजानेर लाग्नेहरू यतिबेला सामन्तीधार तथा दलाल पूजीवादी धारका प्रियपात्र बनिरहेको परिदृश्यनाङ्गो ढंगले देखियो । मोर्चाबन्दि र वक्तव्यबाजीहरू सुनियो । बलियो पार्टी र सरकार दुबै भत्काउने डिजाइनका सिकार अन्ततोगत्वा आफै पनि हुने कुरा पक्का हो । यस्तो आत्मघाति दुर्घटना गराउन बल गर्नु हुदैन । बाटोमा सँगै रहदा कहिकतै मर्का परेपनि निकासको समयसम्म धैर्य गर्नु पर्छ । परिवारमा मनोमालिन्य हुँदा घरमै आगो झोस्ने दुर्बुद्धि लिनु समाधान होइन । यसले भविस्यमा अपूरणीय क्षति र पश्चाताप मात्र हात लाग्छ । बडेबडेहरूमा चेतनाभया !
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया