देख्दैछु ऐले संसार्र्कै दसा लेख्दै छु खबर ।
म टेक्न पाउँ ,म देख्न पाउँ “नेपाल” सर्कार ।।
कामले लात्ता हानेर फाल्यो मालिक भन्छ–जा ।
त्यो बुढो घर रोई धर्धर–हे छोरा ! छिटै आ ।।
गोजीले भन्छ “म भएँ रित्तो“ पेटले “ अझै हाल“ ।
न मिल्नु काम न मिल्नु ठाम के भयो यस्तो चाल ?
बिकामी हात छामेर माथ पसिना पुछ्दै छु ।
दारी भो लामो कपाल लामो रिसले लुछ्दै छु ।।
त्यो रित्तो वन धर्किन्छ मन धेरै भो अबेर ।
म सुङ्न पाउँ माटाको गन्ध “ नेपाल“ सर्कार ।।
शिरको सिन्दुर ,गलाको पोते रोएर बेहाल्छ ।
ती थोते, तोते आँसुले छाती धोएर बेहाल्छ ।।
कोठामै बसी,पटुकी कसी सुङ्छन् रे पसिना ।
भकारी फुट्यो, सपना लुट्यो त्यो पापी असिना ।।
न यता राम्रो ,न उता हाम्रो जाँ पनि अक्कर ।
यो दुखीलाई जाँ टेक्यो पाउ उतै छ ठक्कर ।।
घरको छानो उडायो भन्छन् त्यो ग्रह राहुले ।
तिर्छाै कि धन के भन्छौ भन भन्छ रे साहुले ।।
नेटाको हावा मूलको पानी पाउँछु कि पाउँदिन ?
यो ठाउँ छाडे फर्केर फेरि आउँछु कि आउँदिन ?
अक्कर्काे बेला सहारा सिन्को पुर्याइदेउ बिचार ।
माटाको टीका लाउन पाउँ “ नेपाल“ सर्कार ।।
- admin
- २०७७ जेष्ठ १०, शनिबार ०३:४६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया