
उहाँले फोन राखे पछि म निकैवेर अवाकभएर उभिइरहें । कहिले उहाँले फोन सम्पर्क गर्नुहुन्छ भने वेलामौक मैले आफै सम्पर्क गर्ने गर्छु । फोनमा हाम्रो गफ अलिक लामो हुन्छ । उहाँसंग विभिन्न विषय बस्तुमा हाम्रो छलफल चल्छ । छलफलकै क्रममा कहिले राजनीतिक समीक्षाका कुरासमेत हुन्छन् । पेशाले एकै भएको हुनाले प्रायः हामी शिक्षाका क्षेत्रमा बढी समय लगाउँछौं । म सेवा निवृत तर उहाँ सेवारत शिक्षक हुनुहुन्छ । केहीवर्ष पहिले हामी दुवैजना एउटै तालिममा थियौं । त्यही समय देखि हामी अनन्य मित्रको रुपमा रहेका छौं । यो मित्रता दीर्घकालसम्म रहिरहने छ ।
सातौं पटकको लकडाउन सरकारले घोषणा गरेपछि एकाविहान ैउहाँले मोवाइलमा सम्पर्क गर्नु भयो । खास गरेर उहाँले वर्तमान अवस्थामा चर्चामा आएको अनलाइन सेवाको पढाइको कुरा उठाउनुभयो । यसका वारेमा कुरा भयो । उहाँले “अनलाइनबाट पढने पढाउने हाम्रा विद्यालयहरु कहाँछन् ?कति अभिभावक र विद्यार्थीसंग यो सेवा उपलब्ध छ ? सहरका केही विद्यालयले यसको सुविधा पाएका छन भनेर अरुलाई असर पर्नेगरी अनलाइनका कुरा गर्नुु कति उचित हो ? सबै विद्यालय र सबै विद्यार्थी अनि अभिभावकले भ्याउने कार्यक्रम सञ्चालन गर्नुु पर्दछ । सदरमुकामका एकाध विद्यालयलाई लिएर अन्य विद्यालयको वद्नाम गर्नुु कति उचित हो ?”उहाँले निकै प्रश्न राख्नुभयो । मलाई लाग्यो तीनै तहका सरकारले यसको वारेमा राम्रो सोंच बनाउनु पर्दछ । मोवाइलफोनमा उहाँसंग लामो कुरा गरे पछि मैल भने “ल सर ! फेरी सम्पर्क गरौंला । अहिलेलाई विदा ।”उहाँले भन्नुभयो “बाँचिएछभने !”
मोवाइल अफ गरेर म उहाँको अन्तिम शब्दमा विचारमग्न भएँ । उहाँले भन्नुभन्दा पहिले यो कोरोनाबाट हुने क्षतिकावारेमा सामान्य सोँचाइथियो । हामी वास्तवमा सुरक्षित छौं भन्ने लागेको थियो । तर कोरोना फैलने कुरा सुनेपछि र आफू बसेको आसपासका हरेक मानिसको क्रियाकलाप विश्लेषण गर्न लागें । बाटोमा अनावश्यक हिंडिरहेका हरेक मानिसका अनुहार पढन लागें । विश्वमा संक्रमित अनि त्यहाँ भएको निधनको संख्या नेपालमा संक्रमित र मृतकको अवस्था विश्लेषण गर्दा अहिलेका अधिकांश संक्रमित नेपालीहरु मध्यमा छिमेकी मुलुकबाट आएका र केही तेश्रो मुलुकबाट आएका रहेकाछन् । कति क्वारेन्टाइनबाट हिंडेका खवर आउने गर्छन । उनीहरुसंग संसर्गमा आएका कति होलान? यो त हावा जस्तै फैलेको हुन सक्छ । अनियन्त्रित तरिकाले हिंडने हाम्रो आसपासका मानिसहरुबाट छिटै हाम्रो टोलबस्तीमा पनियो प्रकोप आउन सक्छ । कोरोना आउनु एउटा कुरा भयो । हाम्रो उपचार पद्धति कस्तो छ ?यसकावारेमा पनि मैले विश्लेषण गरें । वास्तवमा मेरा मित्रले भनेको कुरा फेरी मेरो मानसपटलमानाच्नलाग्यो ।“बाँचिए छ भने !”
याम प्रसाद पौडेल परिवार सहित बबई गाउँपालिकाको पुरन्धारमा बस्दै आउनु भएको छ । उहाँ त्यही बबई गाउँपालिकाको एउटा आधारभूत विद्यालयमा अध्यापन गर्ने गर्नु हुन्छ । हप्तादिनभित्र उहाँसंग सम्वाद भएनभने के विर्सियो जस्तो हुन्छ । हाम्रो मित्रता निकै वर्षदेखि प्रगाढ रहँदै आएको छ । म पुरन्धार पुगेंभने उहाँलाई नभेटि फर्कदैन । दुईपटक त उहाँको विद्यालयसम्म पुगेको छु । दुुवैको परिवारमा राम्रो सम्वनध छ । हामी मनका कुरा खुलेर गर्ने गर्छौ । दुबैजना भेट भयौं भने अति रमाइलो ठट्ट चल्छ । अर्को अर्थम ाभन्नुपर्दा सबैसंग उहाँसंगको जस्तो साथ संगत कम हुन्छ ।
त्यही मित्रले “बाँचिए छ भने भेट हौंला”भने पछि मेरो मानसपटलमा कस्ता चित्रहरु उत्रने र डुब्ने गरे होलान ? मित्रको भनाइमा अहिलेको सबै वातावरण विश्लेषण गर्दा वेठीक हा ेभन्ने लाग्दैन । पहिलो त विश्वमायसको ठीकउपचार छैन । दोश्रो नेपालमा यसको उपचार कति सम्भव होला? तेश्रो उपचार भन्दापनिजो लकडाउन लागुु भएको छ यसको पालना नगर्नेहरुबाट हामी हजार गुना असुरक्षित छौं भन्ने लाग्दछ । छिमेकी जिल्लाहरुबाट आएका नतिजाहरुको खवर सुन्दा लकडाउनको पूर्ण रुपले पालना नभएका कारणले र सामाजिक दूरी कायम गर्न नसकेका कारणले यो सक्रमण फैलिएको कुरा सुन्नमा आयो । न कोरोना आफ्नो शरीरमा आएको थाह हुने । न तत्कालयसको असर देखिने । यसरी हेर्दा कोरोनाले हाम्रो शरीर निकै दुर्वल बनाएपछिमात्र हाम्रो शरीरमा लक्षणहरु देखिन्छन भने हामीलाई तत्काल उपचार कति संभव छ ? मैले यसरी विश्लेषणगरेर पुनःआफ्नो कुरामा घोत्लिएँ । अन्तमा आत्मबल ठूलो हो भन्ने लाग्यो ।
सरकारले समयमा हुने परीक्षा समेत वन्द गरेर लकडाउन लागु गरेको हो । लकडाउन यो सरकारका कतै कुनै खातामा रकम बढाउनका लगि अपनाइएको विधि थिएन र होइन पनि । यो केवल नागरिकको सुरक्षाका लागि अपनाइएको विधि थियो । तर हामीले यसलाई समयमा बुझ्न सकेनौ. । यसलाई खेलवाडमा लियौं । नागकिक वाहिर निस्किएकि भनेर प्रहरीहरु साइरन बाजाउँदै आयो भने घर भित्र लुक्यौं । त्यो देखि वाहेकमा हामी आफूलाई अति नै अराजक बनायौं । जथाभावि तरिकाले सामजिक दूरी तोड्यौं । आफूलाई अनावश्यक तरिकाले सडकमा उता¥यौं । यसले निम्त्याउने कोरोना हामीलाई पर्खेर बसेको थियो । पर्खेर बसेको बस्तु हाम्रो शरीरमा आसन जमाउन पुगेको हुन सक्छ । आरम्भका दिनदेखि लकडाउनको पालना गरेको भए हामी जस्तो बलवान यो दुनियाँमा अरु कोही हुनै सक्दैनथ्यो । तर हामीले आफै जानेर वानजानेर यसलाई तोडिरहेका छौं ।
सरकार र सचेत नागरिकबाट गरिरहेको सत्प्रयासका वावजुद पनि यो प्रवृति एकाध स्थानमा मात्र होइन यस्ता नियम तोडने बहादुरहरु हरेक स्थानमा रहेका होलान र छन् । सायद यस्तै प्रवृति देखेर मेरा मित्रले त्यस्तो शब्द प्रयोग गर्नुुृभएको हुनसक्छ । हामी आफैमा सुरक्षित छौं तर विनाकारण लखर लखर हिंडने र सामाजिक दूरी तोडनेहरुबाट अति असुरक्षित समेत छौं । यहि असुरक्षितका माझबाट मित्रले भन्नुभएको शब्द यहाँ दोह¥याएर लेख्ने जमर्को गरें (फेरी भेटहुनका लागि) “कोरोना संक्रमणबाट बाँचियो भने ।”
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया