यो तेरो यो मेरो गर्दागर्दै सकिन्छ जिन्दगी
हरपल हरक्षण मर्दामर्दै सकिन्छ जिन्दगी
हिजो भएन अब त केहि हुन्छ होला भनी
आस विश्वासमा पर्दापर्दै सकिन्छ जिन्दगी
कुन ठाउँ गए सुखको दिन आउँछ्न सोची
यताउता बसाई सर्दासर्दै सकिन्छ जिन्दगी
कहिले ठूला कहिले साना दु:ख र सुखका
आईपर्ने जङ्घार तर्दातर्दै सकिन्छ जिन्दगी
अरुलाई प्रकाश दिन जलेको त्यो मैन सरि
पग्लिएर आफू झर्दाझर्दै सकिन्छ जिन्दगी
चाहाना पुरा हुँदा खुशीका नहुँदामा दु:खका
नयनहरु आँसुले भर्दाभर्दै सकिन्छ जिन्दगी
सबैका चाहना स्वर्गमा पुग्ने मरेर गएपछि
तर मृत्युसँग नै डट्दाडट्दै सकिन्छ जिन्दगी
- admin
- २०७७ जेष्ठ ७, बुधबार ०५:०४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया