सैनामैना, जेठ २५ । सैनामैना उद्योग वाणिज्य संघको चुनटवका लागि साझा प्यानल घोषणा । नेकपा समर्थक उद्योगी व्यवसायीको शुक्रबार मुर्गियामा बसेको भेलाले युवा उद्यमी तथा व्यवसायी ऋषिराम पाण्डेको नेतृत्वमा उम्मेदवारी दिने टोलीको घोषणा गरेको हो । संघको अधिवेशनको उद्घाटन आज हुँदै छ । संघको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनका लागि व्यवसायीले चुनावी प्रतिस्पर्धा सुरु गरेका छन् ।
संघको नेतृत्वका लागि अहिलेका अध्यक्ष राजबहादुर क्षेत्रीको नेतृत्वमा अर्को प्यानल पनि बन्न लागेको बताइएको छ । यद्यपि बेलुका सम्म उक्त प्यानल घोषणा भएको छैन । छलफल चलिरहेको वर्तमान अध्यक्ष क्षेत्रीले बताए । नेकपामा आश्था राख्ने उद्योगी-व्यवसायीले घोषणा गरेको प्यानललाई नेताहरु भूमिलाल सापकोटा, नरबहादुर थापा, खुशीराम चौधरी, चित्रबहादुर केसी, मिनप्रसाद पौडेल, जीवनाथ पाण्डे, कृष्णप्रसाद घिमिरे, नारायण महत, चेतनारायण न्यौपाने, नजरकुमारी श्रेष्ठ, अमृत गिरी लगायतले शुभकामना दिनुभएको थियो । त्यस अवसरमा अध्यक्षका उम्मेदवार ऋषिराम पाण्डेले उद्योगी व्यवसायीको हक हीत र लगानीको सुरक्षाका लागि आफु सदैव क्रियाशील रहने बताउनुभयो । साथै उहाले समृद्धिका लागि निजी क्षेत्रको भूमिका स्थापित गराउने समेत प्रतिबद्धता जनाउनुभयो ।
सैनामैनाको समृद्धिका लागि स्थानीय सरका र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
औधोगिक विकासका लागि सोहीखालको वातावरण बनाउन जरुरी रहेको भन्दै प्रत्यासी पाण्डेले अबको लक्ष्य अार्थिक समृद्धि रहेको बताउनुभयो । उक्त टिममा अध्यक्ष ऋषिराम पाण्डे, बरिस्ठ उपाध्यक्षमा रिमबहादुर श्रेष्ठ , उद्योग तर्फबाट उपाध्यक्षमा राजु गिरी, बाणिज्य तर्फबाट उपाध्यक्षमा मित्रबहादुर भुसाल र महासचिवमा दिपक अधिकारीले उम्मेदवारी दिनेभएको निर्वाचन परिचालन कमिटी संयोजक खुशीराम चौधरीले जानकारी दिनुभएको छ ।
यस्तै कोषाध्यक्षमा टिका शाही, सचिवमा बिष्णुप्रसाद अधिकारी, सह-कोषाध्यक्षमा केशरमणी भण्डारीले उम्मेदवारी दिनेछन् । यी सबै संयुक्त प्यानलका साझा उम्मेदवारहरु हुन । संघको सदस्यका लागि कमल अर्याल, चामबहादुर क्षेत्री, बिष्णुप्रसाद पाण्डे, धनप्रसाद पौडेल, मार्कण्ड्य शर्मा छबिलाल न्यौपाने, रामबहादुर बिक, जुना ज्ञवाली,गोपाल बेल्वासे, तुल्सीराम पौडेलले उम्मेदवारी दिने भएका छन् । संघको अधिवेशनको उद्घघाटन उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया