
अति विपन्न बालबालिकालाई विद्यालय पोशाक वितरण
बुटवल, जेठ २४ । बुटवल उपमहानगरपालिकाले विद्यालय भर्ना भएका अति विपन्न समुदायका बालबालिकाहरुलाई विद्यालय पोशाक उपलव्ध गराएको छ । नयाँ शैक्षिक सत्र संगै अभियानका रुपमा भर्ना कार्यक्रम चलाएको उपमहानगरले विद्यार्थीहरुलाई विद्यालयमा टिकाउने उद्देश्य स्वरुप पोशाक वितरण गरेको हो ।
पहिलो चरणमा बुटवलको मैनावगरस्थित मैनावगर आधारभूत विद्यालयमा विपन्न बालबालिकालाई बिहीबार पोशाक वितरण गरिएको छ । उमेर समूहका बालबालिकाहरुलाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गराउने, उनीहरुलाई सिकाउने र टिकाउने अभियान स्वरुप नै पोशाक वितराण गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

त्यस विद्यालयका ५९ जना बालबालिकालाई बिहीबार प्रमुख सुवेदीको नेतृत्वमा वितरण गरिएको थियो । अति विपन्न बालबालिकाको पहिचान गरेर ती बालबालिकाहरु अध्यय्न गर्ने विद्यालयमा आवश्यक बजेट उपलव्ध गराउने गरी उपमहानगरले योजना बनाएको थियो । सोही आधारमा मैनावगरको उक्त विद्यालयका बालबालिकालाई ३८ हजार रुपैयाँ बराबरको पोशाक वितरण गरिएको छ ।
प्रमुख सुवेदीले यसअघि सार्वजनिक अपिल प्रकासित गरी भर्ना अभियानलाई प्रभावकारी बनाउन, भर्ना भएकालाई गुणस्तीर शिक्षा सिकाउन र उनीहरुलाई विद्यालयमा टिकाउने अभियान चलाउन आग्रह गर्नुभएको थियो ।
प्रमुख सुवेदीले नगरका सबै १९ वटै वडा कार्यालयहरुलाई पत्राचार गर्दै यस्तो अभियानलाई प्रभावकारी बनाउन पनि निर्देशन दिनुभएको हो ।

वडा कार्यालयहरु, टोल विकास समिति, नागरिक अगुवा र समाजसेवी समेत शिक्षासंग सरोकार राख्ने सबैलाई सहकार्यमा लिएर अभियान प्रभावकारी बनाउन निर्देशन जारी गरिएको उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।
‘भर्ना भएकालाई विद्यालयमा नियमित गर्न एवम् गुणस्तरीय शिक्षाको विकास गर्नका लागि यस्तो अभियान सुरु गरिएको हो’ उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भन्नुभयो, ‘शिक्षाको विकासका लागि सबै पक्षको सहकार्य जरुरी छ ।’
विद्यालय उमेर समूहका बालबालिकाहरुलाई विद्यालय भर्ना नगराउने र भर्ना गराएपनि विद्यालय नपठाउने कुनै पनि अभिभावकको लगत संकलन गरेर कार्यालयमा पठाउन उपमहानगरले यस अघि नै वडा कार्यालयहरुमा निर्देशन गरेको प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले बताउनुभयो ।
बालबालिकालाई भर्ना नगराउने र नियमित नगराउने अभिभावकहरुलाई उपमहानगरपालिकाले उपलब्ध गराउने सेवा सुविधा उपलव्ध नहुने बारेमा पहिल्यै सूचना प्रवाह गरिसकिएको शिक्षा विभाग प्रमुख तथा कार्यपालिका सदस्य सीता थापाले बताउनुभयो ।

बुटवलमा अहिले सामुदायिक विद्यालयको संख्या ३९ रहेको छ । प्रारम्भिक वालविकास कक्षा सञ्चालन हुने केन्द्रको संख्या ६१ र सामुदायिक सिकाई केन्द्रको संख्या पाँच रहेको छ । यीमध्ये एउटा केन्द्र भने हाल बन्द छ । यस्तै संस्थागत विद्यालयको संख्या ६२ रहेको छ । गत वर्षको तथ्यांक अनुसार बुटवलमा मात्रै यस्ता बालबालिकाको संख्या ४ सय ७२ रहेको छ ।
उपमहानगरपालिकाले सामुदायिकमा अध्यय्न गर्ने अति विपन्न बालबालिकाहरुलाई दैनिक खाजा खर्च समते उपलव्ध गराउँदै आएको छ ।
विद्यालयमा भर्ना भएका र नियमित रहेका सबै विपन्न बालबालिकाहरुलाई दैनिक २० रुपैयाँका दरले अभिभावकमार्फत खाजा खर्च उपलव्ध गराउँदै आएको उपमहानगरको शिक्षा शाखाका प्रमुख उपसचिव लोकराज पन्थीले जानकारी दिनुभयो ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया