अभियुक्तको उमेर, अवस्था र अनुहार हेर्दा न्यायाधीश उनलाई सजायँ गर्ने पक्षमा थिएनन् तर साक्षीको बयान‚ सर्जमिन तथा सरकारी वकिलको बहस र मिसिल संलग्न अन्य प्रमाण हेर्दा उनलाई सजायँ गरी केही समय कारागारमा पठाउनै पर्ने देखियो ।
निर्णय गर्नुपूर्व न्यायाधीशले निकै सोचे, विकल्पहरू खोजे तर कुनै निकास देखिएन ।
अन्तमा अमिलो अनुहार बनाउँदै न्यायाधीशले सोधे— “आमा १ तपाईंको केही भन्नु छ कि रु”
“प्रभु १ मलाई जीवनभरिका लागि झ्यालखानामा हालिदिनोस् । त्यहाँ बस्न र खानको दुःख हुँदैन भन्छन् ।” हात जोड्दै उनले भनिन् ।
प्रतिक्रिया