स्थानीय पत्रकार समाज,नेपालको शनिवार बुटवलमा संस्थागत अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संस्थाको स्थापना,यसको उद्देश्यहरु र भावि कार्यक्रमका सन्दर्भमा प्रकाश पारिएको थियो ।
सोही कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक संरक्षण,सम्वद्र्धन र प्रचलनमा प्रदेश सरकार र स्थानीय तहको दायित्व विषयमा सहजीकरण समेत गरेका थिए । उनले सूचनाको वर्तमान अवस्था र यसको प्रभाव अनि असरका सन्दर्भमा प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा प्रदेशसभाका सदस्य माननीय वसन्त घर्तिमगरले आमनागरिकहरुलाई सूचनाको हक रहेको बताउँदै सबै तहको सरकारले नागरिकहरुलाई सूचनाका हकका बारेमा जानकारी गराउन नसकि रहेको अवस्थामा स्थानीय पत्रकार समाज,नेपालले आफ्नो अभिमुखीकरण कार्यक्रममा सो विषयमा जानकारी गराएकोमा धन्यवाद्को पात्र रहेको बताए । स्थानीय तहदेखि केन्द्र सरकारसम्मलाई सूचनाको हकसम्बन्धी प्रशिक्षण गर्नु पर्नेमा उनले जोड दिए ।
सोही कार्यक्रममा प्रदेश सभाका सदस्य माननीय विमला पन्थीले सूचना नै शक्ति रहेको बताउँदै सूचना दिने र लिनेका बीच समन्वय र सहकार्य हुनु पर्ने बताए । साथै उनले नेपाली नागरिकहरुले सूचनालाई सम्पत्तिका रुपमा ग्रहण गर्नुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका मेयर हरिप्रसाद अधिकारी,पत्रकार दीपक ज्ञवाली,बासुदेव तिमसिनाले स्थानीय पत्रकार समाज,नेपालको प्रगतिको शुभकामना समेत ब्यक्त गरेका थिए ।
स्थानीय पत्रकार समाज,नेपालका अध्यक्ष शंकर ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दल बहादुर गुरुङले गरेका थिए ।














- admin
- २०७५ जेष्ठ १९, शनिबार १३:३८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया