
jhjनेपालकै ठुलो मानव र्निमित जगदिशपुर ताल
विश्व रामसारमा सूचिकृत कपिलवस्तुको जगदिशपुर तालमा प्रदेश सरकारले चासो दिन थालेको छ । जैविक विविधतायुक्त नेपालको ठुलो मानव निर्मित जगदीशपुर तालमा प्रदेश सरकारको चासो देखिएको छ । विश्व रामसारमा सुचिकृत भएपनि जगदीशपुर ताल संरक्षणमा स्थानीय सरकारले महत्व नदिदा संरक्षणको अभावमा रहदै आएको थियो ।
तर ५ नं. प्रदेश सरकारले जगदीशपुर तालको संरक्षण र प्रवर्धनलाई उचित महत्व दिन थालेको छ । प्रदेश सरकारले मंगलबार २५ औं अन्तराष्ट्रिय जैविक विविधता दिवस जगदीशपुरमा मनाएर यसको महत्व बढेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले जगदीशपुर ताल जैविक विविधताले भरिपूर्ण रहेकोले यसको प्रवर्धनमा प्रदेश सरकारले उचित महत्व दिने बताए ।

जगदीशपुर तालको जैविक विविधतालाई ख्याल गर्दै पर्यटन प्रवर्धनमा आवश्यक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । ‘ताल संरक्षण र विकासमा प्रदेश सरकारले सकेको सहयोग गर्छ मुख्यमन्त्री पोख्रेलले भने, ‘संरक्षणमा स्थानीय सरकार र स्थानीयबासीको भूमिका सकृय हुनुपर्छ ।’ स्थानीय समुदायको सक्रियता बिना प्रदेश सरकारले मात्र सक्रियता देखाएर केही हुदैन उनले भने ।

जैविक विविधताले भरिपूर्ण यस ताललाई संरक्षण र प्रवर्धन गरि प्रदेशकै नमुना पर्यटकिय स्थल बनाउन सकिने उनले बताए । यस क्षेत्रलाई आगन्तुक चराहरुको अध्ययन केन्द्रको रुपमा पनि विकास गर्न सकिने उनले औल्याए ।
‘जगदीशपुर ताल आगन्तुक चराहरुको राम्रो वासस्थान हो, “त्यसैले यस स्थानलाई चरा अध्ययन केन्द्र बनाउन सकिन्छ मुख्यमन्त्री पोख्रेलले भने ।” मुख्यमन्त्री भए लगत्तै कपिलवस्तु भ्रमणमा आएका मुख्यमन्त्री पोख्रेलले त्यति बेला जगदीशपुर ताल लगाएतका पर्यटकीय तथा धार्मिक स्थलहरुको अवलोकन गरेका थिए । १ सय ५७ हेक्टर क्षेत्रफलमा रहेको नेपालकै ठुलो मानव निर्मित जगदीशपुर तालको विकास सोचेजस्तो नभएको भन्दै उनले यस क्षेत्रमा चासो बढी दिएका हुन । ताललाई के कसरी विकास गर्न सकिन्छ त्यसको ठोस प्रस्ताव सहित १५ दिनभित्र प्रदेश सरकार समक्ष आउन सम्बन्धित निकायलाई उनले निर्देशन दिएका छन । ठोस प्रस्ताव आएपछि प्रदेश सरकारले बजेट दिने उनले बताए । कपिलवस्तुको पर्यटनको बारेमा बोल्दै उनले कपिलवस्तु प्रदेशकै महत्वपूर्ण पर्यटकीय जिल्ला भएको जनाए ।
कार्यक्रममा सभापतित्वको आशन ग्रहण गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले जैविक विविधतामा नेपालकै महत्वपूर्ण स्थलको रुपमा रहेको जगदीशपुर ताल प्रदेश सरकारको उच्च प्राथमिकतामा परेको दाबी गरे ।

‘तालको प्रचारप्रसार, संरक्षण र प्रर्वधन गर्ने उद्देश्यले जगदीशपुर ताल प्रदेश सरकारको रोजाईमा परेको हो मन्त्री गिरीले भने, आगामी दिनमा अवश्य पनि विकास हुनेछ ।’ जैविक विविधताको संरक्षण, पर्यटन प्रवर्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक, धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले समेत यो ताल महत्वपूर्ण रहेको मन्त्री गिरीले बताए ।
जगदीशपुर ताल र यसको जैविक विविधता जोगाउने उद्देश्यले २५ औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सूर्यकान्त सिग्देलले बताए ।

५ नम्बर प्रदेश सरकारको आयोजनामा भएको यो कार्यक्रमले तालको संरक्षण र प्रर्वधनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमको अवसरमा मुख्यमन्त्री पोख्रेलले जगदीशपुर तालमा रहेको भ्यू टावरको उद्घाटन, दुर्विनबाट चराहरुको अवलोकन र जैविक विविधतामा टेवा पु¥याउने विरुवाहरुको रोपण गरेका थिए । साथै जैविक विविधता दिवसका सन्र्दभमा आयोजित निबन्ध प्रतियोगीता उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा त्यसक्षेत्रको सांस्कृतिक महत्वको लाठी नाच, झुमरा नाच, पञ्चेबाजालगायतका मनोरञ्जनात्मक सामाग्री राखिएको थियो ।

जैविक विविधताको धनी ताल
जगदीशपुर ताल सदरमुकाम तौलिहवा देखि ९ किलोेमिटर कपिलवस्तु नगरपालिका वडा नं. ९ र १० मा पर्दछ । सन् २००३ सेप्टेम्बरमा सिमसार सूचीमा सूचीकृत १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको मानवनिर्मित जगदीशपुर ताल हजारौं घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, किराहरू र बोटविरुवाको आश्रय स्थल हो । हरेक वर्ष जाडो सुरु भएपछि जगदीशपुर तालमा घुम्न आउने आगन्तुक चरा गर्मी महिनाको सुरुआत सँगै फर्किन्छन् । जगदीशपुर ताल हिउँदमा साइबेरिया, रुस, चीन, मंगोलिया तथा मध्य एसियाका देशबाट समेत चराचुरुङ्गी हरेक वर्ष घुम्न आउने गर्दछन । खासगरी उत्तरी धु्वमा हिमपातको सुरुआत संँगै अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा वर्षेनि हजारौं चरा आउने गरेका हुन । हिउँदे पर्यटक यी चराहरु यस क्षेत्रमा आउने क्रम भदौ मध्यदेखि माघको मध्यसम्म जारी रहन्छ । उनीहरु प्रायजसो चैत सम्म फर्किसक्छन् । विश्वमा नै दुर्लभ मानिएका आठ प्रजातिका चरा पनि यहांँ देख्न पाइन्छ । यस क्षेत्रले १० प्रजातिका स्तनधारी जनावरहरूको वासस्थानलाई सघाउ पु¥याएको छ । यस संगै कछुवा र शंखेकिराका थुप्रै प्रजाति पनि यहाँ पाइन्छन ्। जलाशयको उत्तरी भागमा दलदले घांँसे मैदान फैलिएको छ भने बांँध क्षेत्र सिसौका रुखहरूले ढाकिएको छ । यहाँं १२ परिवारका २५ प्रजाति माछा, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप रहेका छन् । तालले १ सय ६८ प्रजातिका चराको आवतजावतलाई मध्यवर्ती क्षेत्रको काम गरेको छ । नेपाल पंक्षि संरक्षण समिति कपिलवस्तुका कार्यक्रम प्रमुख राजु नेपालीका अनुसार सन २०१८ को जनावरीमा गरिएको चरा गणनामा जगदीशपुर ताल क्षेत्रमा २३ हजार रहेको तथ्याङ्क छ । जगदिशपुर २०२८ सालमा निर्मित मानव निर्मित ताल हो । जगदिशपुर तालबाट वाणगंगा र कपिलवस्तु नगरपालिका तथा यशोधरा गाउँपालिकाका किसानले खेती सिंचित गर्दै आएका छन् ।

गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया