एक समयको सर्वाधिक सफल हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर निर्माण भैरहेको चलचित्रको एक गीतमा नेपाली चलचित्रका चर्चित कलाकारहरुलाई नृत्य गर्दै देख्न पाइने भएको छ । रामकृष्ण ढकाल र मेलिना राइको स्वर रहेको ‘ए जदौ माया जदौ’ गीतमा दर्जन बढी कलाकारहरु नाचेका छन् । गीतमा दिपक शर्माको संगीत र आनन्द अधिकारीको शब्द छ ।

केही दिनदेखि छायांकन भैरहेको गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकार द्वय जीतु नेपाल, केदार घिमिरे, नायिका नम्रता श्रेष्ठ, संगीतकार शम्भुजित बाँस्कोटा, अभिनेत्री गौरी मल्ल, निर्देशक दिनेश डीसीसँगै चलचित्रका प्रमुख कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मालगायत पनि देखिनेछन् ।
गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । विवाहमा सेलिब्रेटीहरु उपस्थित हुँदाको माहोललाई गीतमा उतारिएको छ । साकार पन्त निर्देशित यो चलचित्र कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयवस्तुमा आधारित छ ।
निर्देशक साकारले यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । उनी कलाकार सन्तोष पन्तका छोरा समेत हुन् । सन्तोष सन्त र साकार पन्तको कथालाई सन्दीप किस्नाले पटकथामा ढालेका छन् । चलचित्रलाई रवि सायमी खिचिरेहका छन् भने गीतमा हर्कुलस बस्नेतको संगीत भरेका छन् । चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, जेविका कार्कीको पनि प्रमुख भूमिका छ ।
- admin
- २०७६ पुष २५, शुक्रबार ११:२१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया