नमस्ते नेपालले गर्यो नेपाल बन्दको बिरोध ।(भिडियो)
admin
२०७५ बैशाख ३०, आईतवार ०९:२५
नेपाल बन्दको बिरोध गर्दै बुटवलमा मोटरसाइकल र्याली निकालिएको छ । सामाजिक काममा सक्रिय नमस्ते नेपालले नेपाल बन्दको बिरोध गर्दै र्याली निकालेको हो । ‘बन्द हड्ताल सधैंका लागि अन्त्य छ, रुपन्देही जिल्ला सधैंका लागि खुल्ला छ’ नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित शंकरनगरदेखि बुटवलको गोलपार्कसम्म र्याली निकालीएको हो ।
शंकरनगर देखि सुरु भएको र्याली ट्राफिकचोक हुँदै गोलपार्क पुगेर पुन ट्राफिकचोकमा फर्केर कोणसभामा परिणत भएको थियो ! ट्राफिकचोकमा आयोजित कोणसभामा नमस्ते नेपालका अर्जुन खरेल, सरोज खनाल, सामाजिक व्यक्ति गणेश पन्थी, हरिकृष्ण अधिकारी लगायतका युवाहरुले बोल्दै बन्द र हड्तालले कसैको पनि हित नगर्ने हुँदा बन्द सधैंका लागि अन्त्य हुनुपर्ने बताए ।
बन्द, हड्तालले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि नराम्रो बनाउने भएकाले बन्दको विकल्पमा अन्य रचनात्मक विरोधका कार्यक्रम गर्नुपर्ने उनीहरुको माग छ । बिभिन्न राजनितिक दलले आफ्ना सिमित स्वार्थ पुरा गर्न देखि लिएर आफ्ना माग प्राप्तिका लागि दबाब दिन भन्दै गर्ने बन्द र हड्तालले मुलुक आर्थिक, सामाजिक र राजनितिक दृष्टिकोणबाट पनि पछाडि पर्ने संस्थाको ठहर छ ।
अज्ञात समुहले रुपन्दहीको नयामिलमा प्रेसर कुकरबम राखेको छ । बुटवल भैरहबा सडक खण्डमा राजमार्ग बिचमै बम फेला परेको हो ।
नयामिलको जनसेवा क्लबको कार्यालय अगाडि राजमार्गमा भेटिएको सो बमलाई निष्किृय पार्न सेनाको बम डिस्पोजल टोलि घटनास्थलमा आइसेको छ । राजमार्ग बिचमै बम देखिएपछि स्थानियहरु त्रसित भएका छन ।
घटनास्थललाई अहिले प्रहरिले पुर्ण नियन्त्रणमा राखेको छ । बिप्लब नेतृत्वको नेकपा माओबादीले आज नेपाल बन्द आब्हान गरेको सन्दर्भमा बम पनि सोही पार्टिले राखेको हुनसक्ने आसंका गरिएको छ ।
प्रतिक्रिया