नायिका पूजा शर्मा र नायक पल शाहको जोडी फागुण २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रतिक्षामा छ । यो चलचित्रको पहिलो सिरिज हिट भएकाले पनि पल र पूजालाई दोश्रो सिरिज कस्तो होला भन्ने डर र उत्साह दुबै छ ।


यसैले पनि यी दुइले प्रचारका लागि कुनै कसर बाँकी राखेका छैनन् । चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सार्वजनिक भैसकेको छ । यो गीत अहिले हिट भैरहेको छ ।


यही हिट गीतमा पूजा र पलले शनिबार नृत्य गरेका छन् । ‘कामना फिल्म अवार्ड’को मञ्चमा पूजा र पलले नृत्य गर्दै दर्शकले पनि साथ दिए । यो गीतमा नृत्य गर्नका लागि पूजा र पलले केही दिन अगाडिबाट नै तयारी गरिरहेका थिए ।

पल र पूजाको जोडी स्टेजमा आकर्षक देखिएको थियो । यी दुई अवार्ड समारोहमा भने अलग–अलग रुपमा पुगेका थिए । तर, स्टेजमा पनि यी दुइको रोमान्टिक अवतारले सबैको ध्यान खिच्यो ।
सुदर्शन थापा निर्देशित यो चलचित्रलाई सांगीतिक प्रेमकथामा तयार पारिएको छ ।
- admin
- २०७६ पुष २०, आईतवार ०९:१८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया