राज सिग्देलको चर्चित गीत उ जितेर गई को कभर गीत सार्वजनिक ।
admin
२०७५ बैशाख २४, सोमबार ०६:४६
राज सिग्देलको चर्चित गीत उ जितेर गई को कभर गीत तथा भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा विशाल सापकोटाको सुमधुर आवाज रहेको छ । कभर भिडियोलाई आकाश पन्तले निर्देशन गरेका हुन् । भिडियोमा विशाल स्वयंकै अभिनय रहेको छ भने उनलाई रितुले साथ दिएकी छिन् । भिडियोमा दिपेश डिसीको छायांकन तथा सम्पादन रहेको छ । भिडियोलाई द आशा प्रोडक्सनले निर्माण गरेको हो । बुटबलको सुन्दर रमणिय ठाउँहरुमा छायांकन गरिएको भिडियोमा प्रेमवियोगलाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया