राजधानीमा सम्पन्न भएको नेपाल म्युजिक अवार्डमा सर्बोकृष्ट गायकको उपाधि गायक तथा सर्जक राम प्रसाद पौडेलले हात पारेका छन्| मेरी आमा भन्ने एकल गीतबाट उनि मनोनयनमा परेका थिए|पछिल्लो समयमा गीत संगीतमा पौडेलको क्रियाशीलता र सफलता दिनानुदिन प्रगतितर्फ लम्किदै गएको देख्न सकिन्छ|पौडेल लामोसमय राजधानीमा बसेर संगीतको कर्ममा लागेका थिए ,अपेक्षित सफलता प्राप्त नभएपछी उनि बुटवलमा गएर अन्य ब्यबसाय संचालन गरेका थिए |रहरको अगाडी बाध्यताले समेत घुडा टेक्छ भन्ने उक्ति रामप्रसादको जीवनमा मेल खान्छ |आफुले कमाएको केहि प्रतिशत सधै सांगीतिक कर्ममा लगानी गर्ने अठोटका साथ् पौडेल पुन संगीतमा होमिएका छन् |बिगतमा आफुमा कला र त्याग भएपनि आर्थिक आभावका कारण गीतहरु रेकर्ड गर्न नसकेको बाध्यता सम्झिदै पौडेल आर्थिक पाटोलाई रहर पुरागर्नको निमित्त अनिवार्य सर्तको रुपमा लिन्छन |पौडेलले पछिल्लो एक बर्षको अन्तरालमा करिब आधा दर्जन सिर्जना बजारमा पस्केका छन् |आफ्ना सृजनालाई आफ्नो अनुकुल बजार ब्यबस्थापन गर्नको निमित्त माताश्री म्युजिक नामक कम्पनी खोलेको बताउंछन पौडेल,गुल्मी जिल्लामा जन्मिएका पौडेल हाल रुपन्देहीको सैनामैनामा बसेर मोफसलबाट पनि उत्कृस्ट कलाकारिताको प्रमाण पेस गरिरहने अभ्यासमा लाग्ने योजनामा रहेको बताउंछन|कलाकारितामा सफलताको लागि मेहनत र लगानी साथै संचार माध्यमको सहयोगपनि उत्तिकै आवस्यक रहेको बताउने पौडेल आगामी दिनमा सबैको सुझाव लिएर अगाडी बढ्ने बताउंछन्|
हेरौं उनै गायकले पछिल्लो पटक बजारमा ल्याएको उत्कृष्ट पन्चे बाजा गीत
प्रतिक्रिया