वैशाख–२३, बुटवल
बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई चार सदनमा विभाजन गरेको छ ।
साप्ताहिक रूपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यार्थीहरूलाई रातो, नीलो, हरियो र सेतो गरी चार सदनमा बाँडिएको करा विद्यालयका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले बताउनुभयो ।
कार्यक्रममा विभिन्न सदनका सल्लाहकार सहितको टिमलाई विद्यालयकी उपप्राचार्य ज्ञानु थापाले टीका तथा प्राचार्य टीकाराम न्यौपानेले सदनको झन्डा प्रदान गरी जिम्मेवारी प्रदान गरिएको थियो ।
कार्यक्रमले नीलो सदनको सल्लाहकारमा बालकृष्ण पाठक, हाउस फादरमा कृष्ण खनाल, हाउस मदरमा शान्ति मल्ल, हाउस क्याप्टेनमा विज्ञान भट्टराई र भाइस क्याप्टेनमा श्रेया के.सी., हरियो सदनको सल्लाहकारमा अर्जुनप्रसाद पन्थ, हाउस फादरमा दीपक पाण्डे, हाउस मदरमा बेबी किराँत, हाउस क्याप्टेनमा गृष्मा पोख्रेल र भाइस क्याप्टेनमा सफल भण्डारी, रातो सदनको सल्लाहकारमा विकास हमाल, हाउस फादरमा खिम बहादुर थापा, हाउस मदरमा नमिना प्रधान, हाउस क्याप्टेनमा सन्देश पाण्डे र भाइस क्याप्टेनमा सुहाना डाला मगर, सेतो सदनको सल्लाहकारमा जनक पन्थी, हाउस फादरमा रोहित शाह, हाउस मदरमा सरिता सोती, हाउस क्याप्टेनमा युनिशा भण्डारी र भाइस क्याप्टेनमा गिनिज पोख्रेललाई छनोट गरेको छ ।
यसैगरी दिनेश खड्का, विजय सापकोटा, पुरुषोत्तम पाण्डेय र रेखा आचार्यलाई अतिरिक्त क्रियाकलाप सञ्चालन सहजकर्ताको रूपमा छनोट गरिएको कुरा उपप्राचार्य कलाधर अर्यालले जानकारी गराउनुभयो ।
- admin
- २०७५ बैशाख २३, आईतवार ११:३६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया