सिद्धबाबा क्षेत्रको बाटो र पहिरोको बारेमा पाल्पाका सिडिओको भनाई प्रती सबै आकर्षित (भिडियो)
admin
२०७५ बैशाख २१, शुक्रबार १३:३७
खनीज सम्पदा सम्भावना,चुनौती र विधमान व्यवस्था सम्बन्धी छलफल कार्यक्रम शुक्रवार सिद्धबाबा मन्दिर परिसरमा सम्पन्न भयो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले सिद्धबाबा क्षेत्रमा रहेको खनीज सम्पदाको प्रयोगको सम्भावना,यसका चुनौतीहरु र विधान व्यवस्थाका सन्दर्भमा कार्यपत्र प्रस्तुत परेका थिए । उनले सो पहाडबाट खस्ने पहिरोको कारण वर्षेनी मानवीय,भौतिक तथा आर्थिक क्षति हुँदै आएकोले त्यस पहाडको प्रयोग गर्न सकिएमा आर्थिक लाभ भई सरकारको राजस्व समेत बढ्ने उल्लेख गरे । उनका अनुसार सो पहाडको समुचित प्रयोगले यस क्षेत्रको बाटोको विस्तार भई सुरक्षित समेत हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवम् पाल्पा क्षेत्र नं.२ प्रतिनिधि सभाका सदस्य माननीय सोम प्रसाद पाण्डेयले सिद्धबाबाको बाटोलाई सुरक्षित गर्नका लागि विभिन्न किसिमका प्रयास र अभ्यासहरु हुँदै आएका छन् । सुरुड् मार्ग,अर्ध सुरुङ मार्ग,रकफल नेट र बेञ्च कटिङ्का सन्दर्भमा छलफल भएका छन् । उनले सिद्धबाबाको बाटोलाई विस्तार गरी पाल्पाको पर्यटनमा टेवा पुराउनका लागि समेत सक्दो पहल गर्ने बताए ।
कार्यक्रममा प्रदेश सभाका सदस्यहरु नारायण आचार्य,डा.पुरन बज्राचार्य,बसन्त घर्तिमगर,बीर बहादुर राना,पुरमति ढेंगामगर,पाल्पाका बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल,रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी,व्यवसायी नवराज श्रेष्ठ,वातावरणविद् महेन्द्र पाण्डेय,यातायात मजदूर तथा व्यवसायी समितिका सदस्य तोया लम्साल,भूतखोला सामुदायिक वनका अध्यक्ष दिल कुमारी रोका,उद्योग वाणिज्य संघ,पाल्पाका सदस्य प्रेम श्रेष्ठले मृत्यु राजमार्गका रुपमा कहलिएको यो मार्गलाई सुरक्षित बनाउनका सबैको चासो हुनु पर्नेमा जोड दिदैैं बेञ्चमोडेल कटिङ्लाई प्राथमिकता दिनु पर्नेमा जोड दिए ।
सिद्धबाबा मन्दिर विकास समितिको आयोजना र सुरक्षित यात्रा,नेपालको सहकार्यत्रमा सञ्चालित कार्यक्रमको अध्यक्षता मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङले र सञ्चालन समितिका सचिव अमर प्रधानले गरेका थिए ।
प्रतिक्रिया