लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु (भिडियो )
admin
२०७५ बैशाख १६, आईतवार ०२:३८
भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमी तथा विश्व शान्तिको मुहान’ को मुल नाराका साथ यस वर्षको बुद्ध जयन्ती मनाइँएकाे हाे ।
लुम्बिनीमा आयोजित एक विशेष समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गरे।
गुरुयोजना शुरु भएको झण्डै आधा सताब्दी पुग्नै लाग्दा पनि पूरा हुन नसकेको लुम्बिनीको बृहत्तर गुरुयोजना अबको ढाई वर्षमा पूरा हुने मन्त्री अधिकारीको भनाइ छ ।
अब कुनै पनि वहानामा यो गुरुयोजनामा ढिलाई स्वीकार्य नहुने मन्त्री अधिकारीले बताए । उनले बजेटको अभाव वा यस्तै कुनै वहानाले लुम्बिनीको गुरुयोजना प्रभावित हुन नहुने दोहोराएका थिए ।
पूर्व संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाललाई शान्ति वार्ताको थलो र बौद्धसँग सम्बन्धित विषयको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न पहल गरिने बताए ।
शनिबारदेखि शुरु भएको दुई दिने सम्मेलनमा २३ देशका विभिन्न मुलुकबाट बौद्धसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत भएका छन् ।
सम्मेलनमा ७० जना विदेशी प्रोफेसर, प्रकाण्ड धर्मगुरु र बौद्ध विद्वान्को सहभागिता रहेको उपाध्यक्ष त्रिपाठीले जानकारी दिए । आज लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समापन हुनेछ ।
प्रतिक्रिया