नेपाली सिने क्षेत्रमा उल्लेखनीय याेगदान पुर्याएकाे भन्दै काशी सिनेप्लेक्स प्रा. ली , सिद्धार्थनगर , रुपन्देही र मन काशी सिनेप्लेक्स प्रा . ली . घोराही , दाङ ।
का अध्यक्ष ओम जैसी ‘दोश्रो छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड‘ बाट सम्मानित भएका छन् ।
UAE को दुबईस्थित एभरेष्ट क्लबमा हालै भएको एक भव्य समारोहमा जैसीलाई चलचित्र प्रदर्शकको क्षेत्रमा विशेष योगदान पुर्याए वापत अवार्डसहित सम्मान गरिएकाे थियाे ।
साे अवसरमा नेपाली चलचित्र, गीतसंगीत, पत्रकारिता, साहित्य, समाजसेवा, खेलकुद, चित्रकला लगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिएका व्यक्तिहरू पनि सहभागी भएका थिए । विशेष समाराेहमा वरिष्ठ संगीतकर्मी शम्भुजित बास्कोटा, कला क्षेत्रकी हाँस्य साम्राज्ञी बसुन्धरा भुसाल, वरिष्ठ गायिका देविका बन्दना लगायतका विभिन्न क्षेत्रमा सफल सयाैं व्यक्तित्वहरु उपस्थित थिए ।
गत वर्षबाट प्रदान गरिंदै आएको यो अनर अवार्ड जैसीले नेपाली चलचित्र, गीतसंगीत क्षेत्रमा उल्लेखनीय काम गरेकाे भन्दै सम्मान गरिएकाे थियाे ।
जैसी चलचित्र प्रदर्शनीको क्षेत्रमा कृयाशील रहँदै भैरहवा र दाङ क्षेत्रका चलचित्र अनुरागीहरुलाई उच्च गुणस्तरीय वातावरणमा चलचित्र हेराईको भरपूर आनन्द प्रदान गर्दै आइरहेका छन् ।
काशी सिनेप्लेक्स प्रा. ली , सिद्धार्थनगर , रुपन्देही र मन काशी सिनेप्लेक्स प्रा . ली . घोराही , दाङमा । 4K digital cinema टेक्नाेलाेजीमार्फत चम्किलाे र स्तरीय दृश्य तथा आरामदायी सेवा प्रदान गर्दै दर्शककाे मन जित्दै आएकाे छ ।
- admin
- २०७६ पुष ७, सोमबार ०२:४३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया