नेपालमै भइरहेको १३ औं साग फुटबलमा स्वर्णपदक जितेर पाकिस्तानको कीर्तिमान बराबरी पुर्याउने अवसर नेपाललाई छ । नेपालले सन् १९९३ र सन् २०१६ मा पनि फुटबलमा स्वर्ण जितेको थियो ।
पाकिस्तानसँगै अन्तिम समयमा भारत पनि नआएपछि यस पटक राउण्ड रोविनका आधारमा फुटबलका खेलहरु भएका थिए । जसमा नेपाल र भुटान लिगको पहिलो, दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । नेपाल लिगमा अपराजित थियो भने भुटानले नेपालसँग मात्र हारेको थियो ।
यस पटक भुटानको खेलबाट सबै प्रभावित भएका छन् । भुटानले फाइनल यात्रा तय गर्दै रजतपदक पक्का गरिसकेपछि प्रधानमन्त्रीले समेत यो अपेक्षाभन्दा बढी भएको भन्दै ट्विट गरेका थिए । यसक्रममा भुटानले बंगलादेश माल्दिभ्स र श्रीलकाजस्ता टोलीलाई हराएको हो । नेपालसँग भने ४–० ले पराजित भएको थियो । भुटानको चाहना फाइनलमा नेपाल नपरोस् भन्ने थियो । तर घरेलु टोली नेपाल अपराजित रहेर फाइनल पुग्यो अन्तिम खेलमा बंगलादेशलाई हराउँदै । उक्त खेल जितेको भए बंगलादेश फाइनल पुग्ने थियो । समूह चरणको नतिजा र घरेलु मैदान र दर्शकको फाइदा नेपाललाई फाइनलमा हुनेछ ।
त्यसैले यस पटक फुटबलमा स्वर्ण जित्ने सबैको अपेक्षा छ ।
२० वर्षअघि रंगशालमा भएकै आठौं सागको फाइनलमा नेपाल पराजित हुँदा खेलाडी रहेका वालगोपाल महर्जन नै अहिले टिमका प्रशिक्षक छन् । उनले फाइनल पुगेपछि अपराजित रहेर स्वर्ण जित्ने प्रतिक्रिया दिएका थिए ।
यस्तै, पाकिस्तान र भारतपछि नेपाललाई पनि सागमा लगातार दुई स्वर्ण जित्ने अवसर छ । भारतले सन् १९८५ को दोस्रो र सन् १९८७ को तेस्रो सागमा स्वर्ण जितेको थियो । पाकिस्तानले १९८९ को चौथो र १९९१ को पाँचौं संस्करण जितेको थियो । पाकिस्तानले सन् २००४ को नवौं र सन् २००६ को दशौं संस्करण पनि लगातार स्वर्ण जितेको थियो ।
पाकिस्तानले सर्वाधिक ४ स्वर्ण जित्दा नेपाल र भारतले समान ३ स्वर्ण जितेका छन् । यस पटक स्वर्ण जितेमा नेपालले पाकिस्तानको कीर्तिमान बराबरी गर्नेछ ।
भुटान भने पहिलो पटक साग फुटबलको फाइनल पुगेको हो । नेपाललाई हराउन सके भुटानले ऐतिहासिक स्वर्ण जित्नेछ । यस्तै, श्रीलंका र माल्दिभ्सले पनि अहिलेसम्म स्वर्ण जित्न सकेका छैनन् ।
अहिलेसम्म साग फुटबलमा स्वर्ण जित्ने टिम
१९८४ : नेपाल
१९८५ : भारत
१९८७ : भारत
१९८९ : पाकिस्तान
१९९१ : पाकिस्तान
१९९३ : नेपाल
१९९५ : भारत
१९९९ : बंगलादेश
२००४ : पाकिस्तान यू-२३
२००६ : पाकिस्तान यू-२३
२०१० : बंगलादेश यू-२३
२०१६ : नेपाल यू-२३
- admin
- २०७६ मंसिर २४, मंगलवार ०५:३२
२०७९ माघ २, सोमबार १२:१८
कमला ितवारी सोमबार ०२ माघ, २०७९ आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया