२३ मंसिर, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नेकपा नेतृत्वको सरकारसँग विकास र समृद्धिको योजना नरहेको दावी गरेका छन् ।
उनले सरकार जनताप्रति उत्तरदायी भन्दा पनि जनतालाई ठूला–ठूला सपना बाँड्ने र झुटा आश्वासन दिनेमा केन्द्रित रहेको आरोप लगाए ।
विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, ‘सरकार गठन भएको दुईवर्ष बित्यो, सरकार अहिले पनि विकास र समृद्धिको योजनाविहीन छ, सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर विकास निर्माणको कुनै काम गर्न सकेन । सरकार पुरै असफल भइसक्यो ।’
उनले सरकारले पानीजहाज चलाउने, रेल भित्र्याउनेलगायतका ठूला विकासे योजनाको नारा जनतालाई बाँड्ने काम मात्र गरेको टिप्पणी गरे ।
अर्को प्रसंगमा महामन्त्री कोइरालाले हिन्दुराष्ट्र आफनो एजेन्डा नभएको बताउदै उनले धर्म स्वतन्त्र हुनुपर्ने र त्यसको लागि जनमत संग्रह गराउनुपर्ने पक्षमा आफू सधैं रहेको बताए ।
महामंत्री कोइरालाले कांग्रेसका महाधिवेशनको मिति तोकिएको समयमा हुनुपर्नेमा पनि जोड दिए ।
कांग्रेसको विधान अनुसार महाधिवेशनको मिति एक वर्षसम्म थप्न मिल्ने भए पनि ६ महिना वा एक वर्षमात्र महाधिवेशनको म्याद थप्दा उचित हुने उनको भनाइ छ ।
- admin
- २०७६ मंसिर २३, सोमबार ०६:३७
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया