काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। मंसिर ५ गते मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्री हेरफेर गरेपछि एकपटक मात्र बैठक बसेको थियो। नयाँ मन्त्रीहरुलाई बधाई दिनका लागि मन्त्रिपरिषद हेरफेर गरेको भोलिपल्ट मंसिर ६ गते ओलीले मन्त्रिपरिषद बैठक बोलाएका थिए। त्यसपछि प्रधानमन्त्री ओली अकस्मात एपेन्डिसाइटिसको बिरामी भएर अस्पताल भर्ना भएपछि मन्त्रीपरिषदको बैठक बस्न सकिरहेको थिएन।
१७ दिनपछि सोमबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो। ओली १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएर बिहीबार बालुवाटार फर्केका थिए। उनले हिजोबाट राजनीतिक भेटघाट सुरु गरेका छन्। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आइतबार पार्टीका शीर्ष नेताहरुलाई बालुवाटारमै बोलाएर झण्डै दुई घण्टा छलफल गरेका थिए।
चिकित्सकहरुले केही दिन आराम गर्न सुझाएपछि उनले केही दिन बालुवाटार निवासमै बसेर आराम गरेका थिए। ओलीका नीजि चिकित्सक डा. दिब्या सिंहले मन्त्रिपरिषद बैठक राख्न र पार्टी बैठकमा सहभागी हुन सक्ने डिस्चार्ज गर्ने समयमा बताएकी थिइन्। त्यही आधारमा प्रधानमन्त्री बालुवाटारबाटै विस्तारै सक्रिय हुन थालेका हुन्।
- admin
- २०७६ मंसिर २३, सोमबार ०५:०३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया