काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आइतबार बिहानै नेताहरूबीच छलफल भएको छ। आज बिहानै छलफलका लागि नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगेका थिए। दुवै नेताबीच गोप्य छलफल भएको जनाइएको छ।प्रचण्ड र नेपालबीच करिब एक घण्टा छलफल भएको जनाइएको छ। दुवै नेताबीच छलफल हुँदा अन्य नेतालाई सहभागी नगराइएको पनि जनाइएको छ।प्रचण्ड र नेपालबीच छलफल हुँदा अन्य नेता पर्खेर बसेको नेकपा स्रोतले जनाएको छ। दुई नेताबीच भएको छलफलबारे भने केही खुलाइएको छैन।अध्यक्ष प्रचण्डले सोमबार नेकपा सचिवालय बैठक बोलाएका छन्। त्यसबारे छलफल गर्न नेकपा महासचिव बिष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेललगायत नेताहरु खुमलटार पुगेका थिए।
त्यस्तै, प्रचण्ड निकट नेताहरु पनि छलफलका लागि बिहानै खुमलटार पुगेका थिए। उनीहरुसँग सचिवालय बैठकका एजेन्डाबारे सामान्य छलफल भएको जनाइएको छ।त्यस्तै, एकता प्रक्रिया छिटो टुङ्गयाउने, स्थायी कमिटी बैठक बोलाउने विषयमा पनि छलफल भएको जनाइएको छ। नेकपा स्थायी कमिटी बैठक एक वर्षदेखि बस्न सकेको छैन।अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डले सक्रियता देखाउन थालेका हुन्।
- admin
- २०७६ मंसिर २२, आईतवार १०:३३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया