गुरुङ साहित्यिक मञ्च,नेपाल पोखराको प्रथम वार्षिकोत्सव पोखरामा बुधवार विविध कार्यक्रमका बीच सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष राम काजी कोनेले गुरुङ जातिको भाषा,संस्कृति र साहित्यका निम्ति मञ्चले महत्वपूर्ण योगदान गरेको भन्दै उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत मञ्चले उल्लेखनीय योगदान पुराउने कुरामा आफू विश्वस्त रहेको बताए ।
विशिष्ट अतिथिका रुपमा संस्कृतिकर्मी चिनकाजी गुरुङ,उपन्यासकार चन्द्र बहादुर गुरुङ,शान्ति तमू,तीर्थ गुरुङ लगायतले मञ्चको पहिलो वार्षिकोत्सवमा सफलता र उन्नतिको शुभकामना समेत प्रकट गरेका छन् ।

साहित्यिक रचना वाचन,आजीवन तथा साधारण सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा साहित्य र सञ्चारमा योगदान पुराएकाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा गौरी तमू लेखन पुरस्कारका लागि साहित्यकार गौरी तमूले एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष निर्माण गरेकी छन् ।

मञ्चकी अध्यक्ष गौरी तमूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव रोशनी गुरुङ र स्वागत रोशन तमूले गरेका थिए ।

- admin
- २०७४ चैत्र २२, बिहीबार ००:३९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया