दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत राम लिम्बु बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् । कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् ।
‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।
उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् । उनले, विजेता बनेसँगै कार पुरस्कार पाएका छन् । साथै, म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ । काठमाण्डौको पाँच तारे होटल हायातमा फाइनल कार्यक्रम आयोजना भएको थियो ।
हजारौ दर्शकको विचमा फाइनल कार्यक्रम आयोजना भैरहँदा दर्शकमा विजेता को बन्छ भन्ने उत्साह समेत थियो ।
बेलुकी सात बजेबाट ११ बजेसम्म हिमालय टीभीले यो कार्यक्रम प्रत्यक्ष प्रशारण समेत गरेको थियो । यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए । गतबर्ष कोच दीपको टिमबाट सीडी विजय अधिकारीले यो चर्चित रियालिटी शोको टाइटल जितेका थिए ।
- admin
- २०७६ मंसिर २२, आईतवार ०५:५२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया