दल बहादुर गुरुङको दर्जन कविता आउँदो चैत्र १७ गते बुटवलमा वाचन हुने भएको छ । वाचित कविताहरुमा साहित्यकारहरुले आआफ्ना अनुभूतिहरु प्रस्तुत गर्ने भएका छन् । कार्यक्रम आयोजकको रुपमा पाठक मञ्च,बुटवल रहेको छ भने संयोजन श्रीनगर अनलाईन मिडिया बुटवलले गर्ने भएको छ । साथै कार्यक्रमको सहयात्रीका रुपमा बुटवल साहित्य कला संस्कृति प्रतिष्ठान,लुम्बिनी वाङ्मय प्रतिष्ठान,रुपन्देही,न्यू ईरा होटल,बुद्धभूमि राष्ट्रिय साप्ताहिक पत्रिका रहेका छन् । त्यसैगरी स्थानीय केही रेडियोहरुले कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने छन् साथै श्रीनगर अनलाईन मिडियाद्वारा सञ्चालित युटुवमा समेत कार्यक्रमको प्रशारण गरिने अनलाईनका प्रवन्ध सञ्चालक मनिष पन्थले बताए । कार्यक्रम साँझको ४ बजेदेखि ६ वजेसम्म सञ्चालन हुने भएकाले साहित्यानुरागी मित्रहरुलाई तोकिएकै समयमा कविताको रस्वादन गरिदिनु हुन आयोजक पाठक मञ्च,बुटवलका धूरीखाँबो माधव गौतम र कार्यक्रको संयोजन गर्ने श्रीनगर अनलाईन मिडियाका प्रवन्ध सञ्चालक मनिष पन्थले सम्बन्धित सबैलाई अनुरोध समेत गरेका छन् । हालसम्म गुरुङका नसोध मलाई(गीतिनाटक),आस्थाका श्वरहरु(चटनी संग्रह),हात्ती करायो(बालगीत),चिठ्ठी साहिंलीलाई(पत्र साहित्य),नौं फन्का (लामो पर्यटन कविता) प्रकाशित छन् भने मुटुको ब्यथा(कथा),संरक्षणमा सात वर्ष(अनुभव र अनुभूति) अतीतका दिनहरु(यात्रा संस्मरण),रेक्सा(कविता) प्रकाशनका लागि तयारी पाण्डुलिपिहरु छन् । साथै उनले साथीहरुसंग मिलेर अन्टार्कटिकामा नेपाली माटो,नरसिंह,उज्यालो गाउँ खुर्साने र चुरेमा खेतीपाती जस्ता वृत्तचित्रको लेखनी समेत गरेका छन् ।
प्रतिक्रिया