बुटवल, १४ चैत । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) रुपन्देहीले पर्यटन मन्त्री लिला गरीलाई भेटघाट कार्यक्रम गरी बधाई ज्ञापन गरेको छ । संघका पदाधिकारीको एक टोलीले बुधबार मन्त्री गिरीकै निवासमा पुगी लिखित बधाई ज्ञापन गरेको हो ।

प्रदेश नं. ५ को प्रदेश सरकार अन्तरगत वन वातावरण, पर्यटन र उद्योग मन्त्रीको समेत भूमिका प्राप्त गर्नुभएकोमा गरीको सफल कार्यकालको कामनासहित संघले बधाई ज्ञापन गरेको हो ।
उक्त अवसरमा बोल्दै मन्त्री गिरीले लुम्बिनी जस्तो धार्मिक पर्यटनको केन्द्र यहाँ भएकाले यस क्षेत्रको पर्यटनको विकासको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले संघलाई सहयोगी भूमिका खेल्न पनि आग्रह गर्नुभयो । तराई देखि हिमालसम्मका पर्यटकीय क्षेत्रको विकास गर्न सके मुलुकको आर्थिक विकासमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बधाई ज्ञापन पत्र बाचन गर्दै संघका अध्यक्ष भुवन कार्कीले पर्यटकीय क्षेत्रको विकास र प्रचार गरी जनताको आयअर्जनमा समेत टेवा पुग्ने गरी यस क्षेत्रको विकास गरिनुपर्ने धारणा उहाँले राख्नुभयो । आगामी दिनमा मन्त्रालयले लिने नीति अनुरुप सहयोगी भूमिकामा रहेर काम गर्न संघले चाहेको कार्कीको भनाई थियो ।

कार्यक्रममा संघका सचिव कपिल ज्ञवाली, कोषाध्यक्ष मनिष पन्त, सदस्यहरु एनबी कंडेल, झबिन्द्र देवकोटा, कपिल अधिकारी, विमल पुरी लगायतले मन्त्री गिरीसंग अन्तरक्रिया गर्नुभएको थियो ।
- admin
- २०७४ चैत्र १४, बुधबार १६:१६
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया