प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शान देखाउन ठूला घर बनाउनुको साटो उद्यममा लगानी गर्न आग्रह गरेका छन् ।
रुपन्देहीको मंगलापुरस्थित लुम्बिनी हेल्थ वाटर किङडमको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा पर्यटनका ठूला ठूला गफ मात्रै हुने गरेको तर पर्यटकीय पुर्वाधारमा पर्याप्त लगानी नभएको बताए ।
‘भाषणले मात्रै पर्यटन प्रवर्द्धन हुंदैन’ उनले भने, ‘पर्यटकलाई आवश्यक पर्ने पुर्वाधारहरुमा लगानी गर्नुस्, तब पर्यटनबाट लाभ लिन सकिन्छ ।’
लुम्बिनी र अन्य पर्यटकीय स्थलबारे भाषण धेरै समर्पण ज्यादै न्यून भएको मुख्यमन्त्री पोखरेलले टिप्पणी गरे । बुटवलको जितगढी किल्लालाई अन्तराष्ट्रियस्तरको पर्यटकीय स्थल बनाउन सकिने औंल्याउदै उनले शहरले छोपेर ओझेलमा पारिएको बताए ।
‘युरोप वा अन्यत्र हुन्थ्यो भने जितगढी जस्तो ठाउँले सिंगो शहरलाई समृद्ध बनाउन सक्थ्यो तर, हामीकहाँ आफैं ढाकिएको छ, लुकेको छ’ उनले भने ।
मुख्यमन्त्री पोखरेलले नेपालीहरुमा शान देखाउनकै लागि ठूला ठूला घर बनाउने र जिन्दगीभरको कमाई त्यसैमा खन्याउने गलत परम्परा रहेका बताए ।
‘शहरमा मात्र हैन, गाउँमा समेत ठूलाठूला घर बनाएर शान देखाउने परम्परा छ, नेपालीको यो बानीमा परिवर्तन नभएसम्म समृद्धि र विकास हुंदैन’ मुख्यमन्त्री पोखरेलले भने, ‘घरमा लगाउने लगानी उद्योग धन्दामा लगाउने सोंच बनाऔं, तब मात्र समृद्धि हासिल हुन्छ ।’
प्रदेश ५ र समग्र देशको दीर्घकालीन समृद्धिको आधार पर्यटन नै भएको मुख्यमन्त्री पोखरेलको जोड थियो । उनले राजनीतिक अधिकार प्राप्तिको लडाई सकिएको र विकास एवं समृद्धिको युग आएको बताए ।
- admin
- २०७४ चैत्र १४, बुधबार ०४:२४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया