२०६७ असार ९ गते बुटवलको ब्यस्त बजार जेसिजचोकमा गोली प्रहार गरिएका ब्यापारी दम्पत्ति रमेश भण्डारी र आस्था भण्डारी हत्याका मुख्य सुटर पक्राउ परेका छन् ।भण्डारी दम्पत्तीको हत्या गरी फरार वुटवल सालझण्डीका अर्जुन गौतम पक्राउ परेका हुन् ।

गौतमलाई बेलहिया नाका (सुनौली) बाट पक्राउ गरिएको हो । नेपाल आउनेक्रममा सूचनाका आधारमा पक्राउ गर्न सफल भएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए ।
इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरेर प्रहरीले मुख्य सुटरलाइ सार्बजनिक गरेको हो ।
इन्टरपोलले गौतमका नाममा रेडर्कनर नोटिस जारी गरेको थियो। केही समयअघि गौतमलाई भारतीय प्रहरीले पनि पक्राउ गरेको थियो। भारतीय प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको हो ।
गौतमसहित ४ जना ब्यक्ति मिलेर ब्यापारी दम्पत्तिको २०६७ असार ९ गते बुटवलको ब्यस्त बजार जेसिसचोकमा गोली प्रहार गरिएको थियो ।
सो हत्यामा संलग्न २ जना जेलमा रहेको र गौतम भागेर भारत पुगेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केशब भट्टराईले बताए ।
अर्जुन गौतम यस भन्दा पहिले पनि २०६५ पुस२१ गते अटोमेटीक पेस्तोल थान १, गोली १२ राउण्ड सहित पक्राउ परेका थिए ।

निज उपर हातहतियार खरखजाना मुद्दा दर्ता भई तत्काल पुर्पक्षको लागि थुनामा समेत गएको प्रहरीले जनाएको छ ।
आशा भण्डारीलाई १ र निजका श्रीमान रमेश भण्डारीलाई २ राउण्ड गोली हानी पसलको घर्राबाट रु ५ लाख १८ हजार रकम लुटी फरार भएका थिए ।
सो घटनामा संलग्न भोलेबाबा भन्ने शम्भु गौतम, निम प्रसाद थापा, श्याम प्रसाद बि.क., पुरन श्रीस, राजु गलामी समेत पक्राउ परी तत्कालको रुपन्देही जिल्ला अदालतको आदेशले थुनामा गएका थिए ।
घटनाका सुटर अर्जुन गौतम तथा उनका सहोदर दाजु कृष्ण गौतमको लामो समय देखी खोजतलास भैरहेको थियो ।
कृष्ण अझै फरार छन् ।
- admin
- २०७४ चैत्र ११, आईतवार १४:१८
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया