नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दको निर्माण रहेको चलचित्र ‘साइनो’ साउन २४ गते देखी प्रदर्शनमा आउन लागेछ
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
साउन २४ गते देखी प्रदर्शनमा आउन लागेको चलचित्रमा कथा अभिमन्यु निरबीको रहेको छ । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ ।
प्रतिक्रिया