पाँच न. प्रदेश यसरी बन्दैछ समृद्ध। हेर्नै पर्ने भिडियो।
admin
२०७४ फाल्गुन ४, शुक्रबार ०३:२८
मुख्यमन्त्री पोख्रेलका समृद्धिका सपना :
o सुन्दर र संभावनायुक्त प्रदेश निर्माण o सिस्ने हिमालदेखि मर्चवारलाई समेट्ने o सुस्तादेखि राजापुरसम्म समान विकास o लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, स्वर्गद्वारी, पाणिनी, सुपादेउराली, रेसुंगा, धारापानी, पाण्डवेश्वर, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्षको विकास र संरक्षणमा विशेष ध्यान o नौमुरे जलविद्युत आयोजना संचालनका लागि अध्ययन o अशिक्षा, गरिबी, पछौटेपन, बेरोजगारी नियन्त्रण o लुम्बिनी, राप्ती र भेरीका बासिन्दाबीच साझा मनोविज्ञानको विकास o प्रदेश कानुन निर्माणलाई तीब्रता o प्रदेशको वास्तविक स्थिति चित्र तयार पारिने o प्रादेशिक योजना आयोग गठन गर्ने o प्रदेशको आफ्नै बैंक र लगानी कोष स्थापना गर्ने o जनताको पूँजी लगानी गरेर विकास गरिने o प्रदेशबाहिरको र विदेशी लगानी भित्र्याउन विशेष पहल गरिने o जनतालाई बचत संकलन गर्न प्रोत्साहन गरिने o उत्पादकत्व र राजश्व वृद्धिमा जोड o सुरक्षा निकाय सुदृढीकरण गर्दै अपराध शून्यमा झार्ने o प्रदेशभर ई–गभर्नेन्स प्रणाली अपनाइने o लुम्बिनी गुरुयोजना सम्पन्न गर्दै लुम्बिनी बृहत्तर गुरुयोजना कार्यान्वयनमा ल्याइने o पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा शैक्षिक पार्क निर्माण o प्रकृति अध्ययनको थलो बनाइने o जगदीशपुर तालको संरक्षण गर्दै चरा अध्ययनको केन्द्र बनाइने o स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सीमावर्ती क्षेत्रको नजिक हिल स्टेशनहरू निर्माण गरिने o जातीय, भाषिक विविधतालाई समेट्दै विभिन्न स्थानमा होमस्टे निर्माण गरिने o प्रदेशको कला, संस्कृतिको संरक्षण गर्दै प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिने o प्रदेशभित्रका ऐतिहासिक स्थानहरूको घटना झल्काउने गरी अनुसन्धानमा सघाउ पु¥याउने o जीतगढी किल्लाको संरक्षणमा ध्यान दिँदै पर्यटक आकर्षित गर्ने कार्यक्रम संचालन गर्ने o जनयुद्धताकाका छापामार गतिविधि झल्काउने गरी संग्रहालय निर्माण गरी पर्यटकीयस्थल बनाउने o परासीदेखि बर्दियासम्मको तराईमा पर्याप्त सिँचाइ सुविधा पु¥याउने o राष्ट्रिय गौरवका आयोजना सिक्टा सिँचाइ, भेरी–बबई सिँचाइ आयोजनालाई छिटो सम्पन्न गर्ने o परासी, रूपन्देही र कपिलवस्तुको सिँचाइ हुनेगरी कालीगण्डकी र वाणगंगा–सुरई डाइभर्सन निर्माण गर्ने o ग्वारखोला हाइड्याम सम्पन्न गर्ने o पहाडी क्षेत्रमा लिफ्ट र थोपा सिँचाइ योजना संचालन गर्ने o कृषिलाई आधुनिकीकरण गर्दै प्रदेशलाई आत्मनिर्भर बनाउने o वन पैदावारलाई जनतासँग जोडेर जनताको जीवनमा सुधार ल्याउने o उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्ने र राज्यले सेवा सुविधा दिने o प्रांगारिक र अर्गानिक खेतीमा जोड दिँदै ट्रेडमार्क लिएर विश्व बजारमा निर्यात गर्ने o जडिबुटी संकलन, प्रशोधनलाई जोड दिँदै औषधि उत्पादनलाई प्रोत्साहन गर्ने o प्रदेशभित्रको पूर्व–पश्चिम राजमार्गलाई ६ लेन बनाउने र हुलाकी राजमार्गलाई ४ लेन बनाउने o पोखरा–लुम्बिनी र परासी–बर्दिया रेलमार्ग निर्माण गरी रेल संचालन गर्ने o लुम्बिनीबाट अरू बुद्धस्थलसम्म मोनोरेल संचालन गर्ने o पाल्पादेखि रोल्पासम्म पहाडी द्रूतमार्ग निर्माण गर्ने o भैरहवा विमानस्थलको स्तरोन्नति सम्पन्न गरी नेपालगन्ज विमानस्थलको स्तरोन्नति गर्ने o दाङको विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने o विकट पहाडी क्षेत्रमा हेलिप्याड निर्माण गर्ने o रोपवे र केवलकार संचालनको संभाव्यता अध्ययन गरी संचालन गर्ने o शहरीकरण र बस्ती विकासलाई आधुनिक शैलीमा विकास गर्ने o जनसंख्या वृद्धिलाई नियन्त्रण गर्ने o भैरहवा–बुटवल, तुलसीपुर–घोराही र कोहलपुर–नेपालगन्जलाई ३ महानगरको रूपमा विकास गर्ने o स्याटेलाइट उत्पादन पकेट क्षेत्र निर्माण गर्ने र ३ महानगरलाई जोडेर व्यापार प्रवद्र्धन गर्ने o गाउँपालिकाका केन्द्रलाई साना शहरको रूपमा विकास गर्ने o प्रदेशभित्रका शहरको आफ्नै मौलिकता झल्किने खालको शैली विकास गर्ने o प्रदेशमा आधुनिक प्राविधिक विश्वविद्यालय स्थापना गर्ने o अंचल अस्पताल र उपक्षेत्रीय अस्पतालाई विशेषज्ञ अस्पतालको रूपमा विकास गर्ने o प्रदेशलाई डिजिटल प्रदेशको रूपमा विकास गर्न गुरुयोजना बनाउने o विद्यालयस्तरदेखि नै कम्प्युटर शिक्षाका लागि जोड दिने o प्रदेशका महत्त्वपूर्ण गन्तव्यहरूको प्रोफाइल इन्टरनेट संजालमा जोड्ने o प्रदेशको आफ्नै डाटा सेन्टर स्थापना गर्ने o अव्यवस्थित बसोवास र सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण गर्ने o नदी उकास र तटबन्धलाई जोड दिँदै नदी संरक्षण गर्ने o उद्योग क्षेत्रको पूर्वाधार विकासमा जोड दिने o भन्सार नाकाहरूलाई आधुनिक बनाउँदै औद्योगिक करिडोरको रूपमा विकास गर्ने।
प्रतिक्रिया