प्रदेश नम्बर ५ को पहिलो संसद बैठक सकिएको छ । बैठकले फागुन २ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । संसद सचिवालय रहेको बुटवल उद्योग वाणिज्य संघको हलमा बसेको बैठकले संसदीय कार्यबिधि, सभाध्यक्षको समिति र सभामुख चयनको मिति तोकेको छ ।

प्रदेशसभाका जेष्ठ सदस्य रुपन्देहीका ८० वर्षीय बलदेव शर्मा पोखरेलले पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गर्दै प्रदेशसभा आह्वान सम्बन्धी प्रदेश प्रमुख उमाकान्त झाको पत्र पढेर सुनाएका थिए । बैठकले आगामी बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधि समेत बहुमतले पारित गरेको छ ।

बैठकले सभामुख र उपसभामुख नहुंदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिती गठन गरेको छ । समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधिराम शर्मा न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक, संघिय समाजवादी फोरमका सन्तोष पाण्डे र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् ।

आइतबारको बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधि पनि पारित गरेको छ । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरुले संबोधन गरेका थिए । प्रदेश नं. ५ मा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका एकएक गरी ८७ जना सांसद रहेका छन् ।

राजपाका तर्फबाट सांसद बनेकी विना पन्तको भने सपथ ग्रहण नै नगरेकाले उपस्थिती रहेन । पांच नं. प्रदेशमा बांके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखांची, पाल्पा, रुपन्देही, कपिलवस्तु र नवलपरासी पूर्व जिल्ला समेटिएको छ । प्रदेशसभामा बैठकलाई आधार मानेर बुटवल र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
प्रदेशसभा सचिवालय र आसपासमा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।


- admin
- २०७४ माघ २२, सोमबार ०१:३९
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया