नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक बद्री पंगेनी र गायिका प्रिया भण्डारीको उत्कृष्ट रमाइलो लोकदोहोरी गीत “कान्छी ओइ कान्छी”बजारमा आएको छ।बहुचर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतमा आवाज भने उनै चर्चित गायक बद्री पंगेनी र प्रिया भण्डारीको रहेको छ।सीतारा म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल शंकर बिसी र रश्मि तामाङको रहेको छ।शंकर बिसिको निर्देशन रहेको उक्त गीतको छायांकन भने दुर्गा पौडेलले गरेका हुन्।नबिन घर्ती मगरको सम्पादन रहेको गीत बजारमा आएको हो ।गीत निकै उत्कृष्ट र सफल सृजनामा चिनिने देखिन्छ ।गीतको सम्पूर्ण टिमलाई श्रीनगर अनलाइन मिडियाको तर्फदेखी हार्दिक बधाई तथा सफलताको शुभकामना ।।
प्रतिक्रिया