उर्वशी, डिभोर्स लगाएत आधा दर्जन भन्दा बढी चलचित्र र थुप्रै म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेकी साथै रिलिजको तयारीमा रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’ अभिनेत्री बिना थापाको सडक दुर्घटनामा परि निधन भएको छ । बुधबार दिउँसो राजधानीको बत्तीसपुतलीमा भएको सवारी दुर्घटनामा अभिनेत्री तथा मोडल बिनाको निधन भएको हो ।

बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बिना सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । त्यसपश्वात उपचारको लागी विर अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा नै उनको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा २७ बर्षीया बिना राजधानीको धापासीमा बस्दै आएकी थिइन् । उनले केहि फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन् ।
देश तथा विदेश
का विभिन्न स्टेज कार्यक्रममा पनि उनले प्रस्तुती दिइसकेकी थिइन् । बिनाको निधनप्रति फिल्म ‘पिंजडा ब्याक अगेन’ टिमले दुःख प्रकट गरेको छ । शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
- admin
- २०७४ पुष १२, बुधबार १३:११
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया