
लन्डन बेलायतमा मंगलबार ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’ भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । लण्डनको नर्थवल्डस्थित द क्रिष्टल स्वीट्स सी एण्ड एल कन्ट्री क्लबमा हुने कार्यक्रमको भब्य सम्पन्न भएको छ । दुई दशक भन्दा अघि देखी बेलायत बसेर आफ्नो ठाउँ बाट निस्वार्थ नेपाल र नेपाली हरुलाइ शेवा गर्ने विशिष्ट नागरिक सम्मानमा झण्ड तिन दर्जन बढी व्यक्तित्वहरुलाई प्रमुख अथिती एनआरएन युकेका अध्यक्ष योग कुमारी फगामी विशिष्ट अथिती काउन्सिलर करम मोहोनले संयुक्त रुपमा सम्मान गरेको विश्व परिक्रमा यात्री तथा चलचित्र पत्रकार आर.के. सुवदीले बताए । एक युगमा एक पटक आयोजना गरिने डाकटर माइकल हट,डाक्टर रागत धिताल ,डाक्टर सुर्य सुबेदि,डाक्टर पदम सिंखडा,महन्त बाहादुर श्रेष्ठ ,कुल आचार्य ,शोम सापकोटा ,बिजय,थापा ,निलहरी घिमिरे ,मनिष श्रेष्ठ ,सान्ती,गुरुङ ,सर्मिला बर्देवा,सिमि पुन,चरन प्रधान ,कुसल श्रेष्ठ ,मनिषा,श्रेष्ठ ,अमृत गिरि,आना डुरान्स बगाले,बासु शर्माले ,बिकल चन्द्र आचार्य ,गौरिका सिहं?हरि सिंह थापा,कोमल मल्ल ,मदन थापा,मनमाया सुनुवार ,नवीन गुरुङ ,निलहरी घिमिरे ,प्रसुना कडेल,सनम कुमार बैराग,सितु खरेल,सोमनाथ बासकोटा,सुशील प्रजापति ,रबि जंग लामिछाने सम्मानित भएको छ्न।

सम्मान कार्यक्रमका लागि विश्व परिक्रमा यात्री तथा नेपाल संयोज सुवेदी एक महिना अघि नै बेलायत पुगेका थिए । उनले बेलायत आयोजक तथा कार्यक्रम संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठलाई कार्यक्रमका लागि सघाउँदै आएका थिए । बेलायत आयोजकले यस अघि नै पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिएको थियो । लामो समयदेखि बेलायतमा विभिन्न पेशा व्यवासय गरेर बेसेका आम नेपालीहरुलाई उपस्थितिका लागि आग्रह गरेको थियो ।
सम्मान कार्यक्रम गरेरै पृथ्वीको परिक्रमा गर्ने जमर्को बोकेका गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सुवेदीको कामको प्रसंसा गर्दै उनको लगनशीलता र विश्व जगतमा नेपालको नाम उचो बनाउन थालेको उनको यात्रामा साथ दिन आफूले बेलायत कार्यक्रमको आयोजना गरेको बताए । यो कार्यक्रमले विश्व यात्री सुवेदीलाई थप हौसला मिल्ने बताए । त्यस्तै यस्ता कार्यक्रमले नेपालको कला संस्कृतिको विकास विस्तारका साथै पवद्र्धनमा पनि ठूलो सहयोग मिल्ने बताए ।

यस्तो पृथ्वी परिक्रमा कार्यक्रम बाराम्बार नहुने हुँदा बेलायतमा रहेका सम्पूर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजकले यसअघि नै आग्रह गरेको थियो । विश्वयात्री सुवेदीले आफूले २१ बर्षको सकृय पत्रकारिताको शिलशिलामा १३७ औं कलाकारहरुकोको मैत्रीपूर्ण रमाइलो फुटबल आयोजनासँगै पोहिलो पटक खाडी मुलुक, एसियाली र युरोपेली मुलुकमा सफलतापूर्बक नेसनल बक्स अफिस फिल्म फेयर अवार्ड र बल्क बस्टर नेपाली फिल्म अवार्ड सम्पन्न गर्ने सौभाग्य पाएको जनाए । योबीचमा आफूले समुन्द्री मुनि, समुद्र माथि, उडिरहेको हवाई जहाजमा समेत विभिन्न चुनौतीको सामना गर्दै अवार्ड कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

त्यसैगरी विश्वको सर्वोच्च शिखर सगरमाथाको वेश क्याम्पमा नेपाली चलचित्रको फिल्म अवार्ड सफलता पूर्वक सु–सम्पन्न गरी गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् । उनले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको शक्तिपीठहरुमा राष्ट्रिय झण्डासहित देश र नेपाली जनतामा शान्ति र संमृद्धिको कामनासहित पृथ्वी परिक्रमाको अभियान शुरु गरेका हुन् । एक युगमा एक पटक आफ्नो विश्व भ्रमणको अवसरमा बक्स अफिस फिल्म क्लब नेपाल र बक्स अफिस इन्टरनेसनलको ब्यानरमा आयोजनामा हुने नागरिक सम्मान कार्यकम तिन सदस्य जुरि बरिस्ठ संचार कर्मी मदन कुमार श्रेष्ठ ,गितकार तथ नोट दिजाइनर्स सुन्दर श्रेष्ठ चलचित्र निर्देसक राजु गिरिले फम भरेको मुल्यांकनको आधारना कम्तिमा ३२ बिधामा नागरिक सम्मान प्रदान गरेको सुवेदीले जानकारी दिए । सुबेदीले हरेक वर्ष ७ वटा देश र नेपालको ३ जिल्लामा यस्तो गौरवशाली कार्यक्रम गरी आगामी २० बर्ष भित्र पृथ्वीको परिक्रमा सम्पन्न गर्ने लक्ष्य राखेका छन् । बेलायत नागरिक सम्मान कार्यक्रम देश बिदेशका संचार माध्यम,निर्माता ,निर्देशक,समाजसेवी लगायत लाई कदर पत्र बाट सम्मान गरियो।कार्यक्रम निकै भब्य र सभ्य सम्पन भएकोमा प्रमुख अथिती,विशेष अथिती,तथा उपस्थित भद्रभलादमिले बेलायत संयोज सुरेन्द्र श्रेष्ठ सम्मान कार्यक्रम आयोजना गरेर बिस्व भ्रमणमा बेलायत आइपुगेका आर.सुवेदी लाई बधाई ग्यापन गरेको छ्न।सम्मान कार्यक्रममा बेलायत बस्न्ने बरिस्ठ तथा नयाँ पिडिको कलाकार को रोचक संस्कृति कार्यक्रम प्रस्तुति रहेको थियो। करिब ५ घन्टा चलेको नागरिक सम्मान पछि रात्री भोजमा सरिक भएर समापन गरिएको बेलायत संस्करणको भब्य स्मारिका प्रकासन गर्ने बेलायत आयोजकले बताए ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया