जेसीआई बुटवल एकेडेमी सम्पन्न, पब्लिक स्पिकरको उपाधि सृजनलाई
बुटवल, ८ मंसिर । बुटवल जेसीजले सञ्चालन गरेको जेसीआई बुटवल एकेडेमी शनिबार सम्पन्न भएको छ । कार्तिक २९ गतेबाट शुरु भएको कार्यगत तालिममा नेतृत्व र व्यक्तित्व विकासका सम्बन्धमा प्रशिक्षण दिईएको थियो । एकेडेमीबाट बुटवलका १० वटा कलेजबाट छानिएका ३९ जना युवाहरु दिक्षित भएका छन् ।
एकेडेमीका प्रमुख प्रशिक्षक रमेश अर्याल, प्रशिक्षकहरु राजेन्द्र बहादुर जि. सी. र दिनेश खड्काले प्रशिक्षण दिनुभएको थियो ।

दिक्षित समारोहमा बोल्दै नेपाल जेसीजका अध्यक्ष श्रीधर बस्यालले राष्ट्रको सपना पूरा गर्नका लागि पहिले हरेक व्यक्तिले आफ्ना सपनाहरु पूरा गर्ने वातावरणको सृजना हुनुपर्नेमा जोड दिनुभयो ।
बुटवल जेसीजका अध्यक्ष यम प्रसाद तिवारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले जेसीजले युवाहरुको समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउदै यसलाई निरन्तरता दिने बताउनुभयो ।


कार्यक्रममा बुटवल जेसीजका महासचिव चन्द्रमणी भुषाल, पूर्व अध्यक्ष गोपाल प्रसाद पाण्डे, अध्यक्ष सल्लाहकार राजीव खनाल, पब्लिक स्पिकर संयोजक आविष्कार खनाल, प्रशिक्षर्थी सरस्वती शर्मा लगायतले बोल्नुभएको थियो ।
यसैबीच, एकेडेमी अन्तरगत सञ्चालित पब्लिक स्पिकर बुटवल २०१८ को उपाधि एम्स कलेजका सृजन मल्लले हात पारेका छन् । त्यस्तै दोस्रो स्थान बुटवल बहुमुखी क्याम्पसकी ज्योती रेग्मी, तृतीय स्थान क्षितिज कलेजका प्रोमिस बान्तवा राई तथा अक्सफोर्ड कलेजका संगम न्यौपाने र मणिमुकुन्द कलेजका सविन पाठकले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
सोही समारोहमा विभिन्न विद्यामा उत्कृष्ट हुने प्रशिक्षर्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
यसअघि आज बिहान पश्चिय क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलसँगको सहकार्यमा ट्राफिक सचेतना अन्तरगत हर्न निषेध ¥याली निलकालिएको थियो ।
त्यस्तै, बुटवल जेसीजका पूर्व अध्यक्षहरुसँग भएको अन्तरक्रिया कार्यक्रम अन्तरगत नवराज श्रेष्ठ र प्रदिप उदयसँग एकेडेमीका सहभागीहरुले आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममको सञ्चालन पूर्व अध्यक्ष राजु पौडेलले गर्नुभएको थियो ।

- admin
- २०७५ मंसिर ९, आईतवार १८:३५
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया