सामुदायिक वन समन्वय समितिको आयोजना र तिनाउ सव डिभिजन वन कार्यालय,दोभानको संयोजनमा शनिवार डिभिजन वन कार्यालय,पाल्पाका नवआगन्तुक डिभिजनल वन अधिकृत डा.मोहन पौडेललाई स्वागत तथा पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
स्वागत कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका डा.पौडेलले जिल्लाको वन व्यवस्थापन र संरक्षणका गतिविधिहरुलाई आफूले सक्दो रुपमा अघि बढाउने बताए । वन,वातावरण र जैविक विविधता संरक्षणको यात्रामा आफू सधैं सामुदायिक वन उपभोक्ताहरुसंगै रहने प्रतिवद्धता समेत जनाएका छन् ।
तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले तिनाउको वन,वातारण र जैविक विविधता संरक्षणका लागि गाउँपालिका समूहहरुसंग सहकार्य गरेर अघि बढि रहेको र आवश्यक वजेट विनियोजन गरी संरक्षणमुखी गतिविधिमा अग्रसरता देखाएको बताए ।
कार्यक्रममा सामुदायिक वन समन्वय समितिका वरिष्ठ उपाध्यक्ष दल बहादुर गुरुङले समन्वय समितिले गर्दै विगतमा आएका कार्यहरु,वर्तमानमा चालेका कदमहरु र भविष्यमा गरिने कार्यहरुका सन्दर्भमा प्रकाश पारेका थिए ।
सो कार्यक्रममा तिनाउ सव डिभिजन वन कार्यालय,दोभानका प्रमुख चन्द्र रानाभाट,चोपलाल गिरि,अमर प्रधान,डिल कुमारी रोका,पदम लाल शाक्य,कृष्ण रेग्मीले वन,वातावरण र जैविक विविधता संरक्षणमा नव आगन्तुक डिभिजनल वन अधिकृतलाई निरन्तर लाग्न अुनरोधका साथ आफूहरु संगै रहने बताए ।
- admin
- २०७५ कार्तिक १७, शनिबार १५:५३
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया