पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरमा आज बुधवार एक कार्यक्रमका बीच दसैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका मुख्यअतिथि प्रदेश सभाका सदस्य माननीय वसन्त घर्तिमगरले पाल्पाको गौरव बोकेको भैरवनाथको मन्दिरले धार्मिक मात्र नभई पर्यटकीय महिमा बोकेको र यसको आम्दानीले यस क्षेत्रको ऐतिहासिक,धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुको विकास गर्न सम्भव रहेको बताए ।
सोही कार्यक्रममा प्रदेश सभाकै सदस्य माननीय बीर बहादुर रानाले हिन्दूहरुको महान पर्व दसैंलेको अवसरमा सबैलाई शुभकामना दिदैं असत्यमाथि सत्यको विजयको रुपमा लिइने यो पर्वले सबैलाई सत्यवादी बन्न सिकाओस् भनी शुभेच्छा प्रकट गरेका छन् ।

उक्त कार्यक्रममा प्रदेश सभाकै सदस्य माननीय डा.पुरन बज्राचार्यले भैरवनाथ बाबाको मन्दिर पाल्पाकै गरिमा बढाउने मन्दिर भएकाले यसको विकास र प्रसिद्धिका लागि आफूले सक्दो सहयोग गर्ने बताउँदै मन्दिर ब्यवस्थापन समितिले आयोजना गरेको शुभकामना कार्यक्रमले एक आपसमा भातृत्वको भावना र एक भएर जाने सन्देश दिन सक्ने बताए ।
कार्यक्रममा रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण जीसी लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद् र कार्यक्रमका बारेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले बताएका थिए ।
- admin
- २०७५ आश्विन ३१, बुधबार १६:४२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया