
कमला तिवारी
सरिता श्रीस मगर पढ्नमा अब्बल छिन् । सोसोलोजीबाट एम्ए उत्तीर्ण सरिता एलएलबी अन्तिम वर्षको परीक्षामा सामेल भइ सकेकी छन् । साथै उनले बिएस्सी नर्सिङ्ग समेत गरेकी छन् ।
तर उनको पढाई र काम फरक छन् । खासमा उनी राजनीतिक प्राणी हुन् । समाजको विश्लेषण र व्याख्या गर्ने उनमा नयाँ तरिका छ । समाजको गतिशीलतालाई राजनीतिले नै अघि बढाउन सक्छ भन्ने उनको सोचाइ हो ।
समाजमा वर्ग हुन्छ र वर्गीय दृष्टिकोणले नै समाजलाई हेर्ने गरिन्छ उनको ठम्याइ हो । हुँदा खाने र हुने खाने बीचको असमानताले नै समाजमा द्वन्द्व फैलाएको उनी ठान्छिन् । समानताको लडाइँमा उनी अग्रमोर्चामा छिन् ।
युवा संघ,रुपन्देहीको अध्यक्ष भएर जिम्मेवारी सम्हालि सकेकी सरिताले सो संघको केन्द्रीय सदस्य भएर आफ्नो पहिचान बनाइ सकेकी छन् । तत्कालीन रुपन्देही एमालेको जिल्ला कमिटीमा निर्वाचित सरिता उमेरको हिसावले सम्भवत् सबै सदस्यभन्दा कान्छी थिइन् होला । तरपनि उनी कामको दृष्टिकोणले जेठी छिन् ।
राजनीतिमा उनी उदाउँदो सूर्य हुन् । उनमा राजनीतिक लाली चढेरहेको छ । स्थानीय निर्वाचनमा उनी उपमेयरको उम्मेदवार बन्ने खुबै हल्ला थियो । पछि उनी प्रदेश सभाका लागि समानुपातिक तर्फकी उम्मेदवार बनिन् । प्रदेश सभाको सदस्य बन्ने पक्का पक्की थियो । बधाई पनि मिल्न थालेको थियो तर उनलाई यसपाली माननीय बन्ने अवसर जुरेन । तैपनि उनमा धैर्यता गुमेको छैन । निरन्तर उनी अग्रसर भएर राजनीतिमा लागि रहेकी छन् ।
विहे भएपछि पनि उनको राजनीति सक्रियतामा कुनै कमी आएको छैन । चुल्हो चौको र जुठ्याल्नोमा मात्रै उनका दिनरात बितेका छैनन् । बरु पछिल्लो समय उनी महिला अधिकारका लागि र महिला हिंसा बिरुद्धमा साहित्यिक सिर्जना बोकेर डटि रहेकी छन् । महिला हिंसा विरुद्धमा पुरुषहरुलाई समेत साथ लिएर अघि बढि रहेकी छन् । उनको नेतृत्व क्षमता यता पनि सवल देखिएको छ ।
सरिताले आफ्ना दवाँलीहरुसंग सहकार्य गरी अघि बढी रहेकी छन् । सहकार्य,समन्वय र सहअस्तित्वको मर्म बुझेकी सरितामा शाहस र शालीनता पनि उस्तै छन् । संस्कार र सभ्यता बुझेकी सरिताले सम्मान र श्रद्धा गर्न जानेकी छन् । साहित्यमा उनको नयाँ आगमन हो तर उनी अचेल कवितामा हस्तक्षेपकारी भूमिकामा देखिएकी छन् ।
महिला हिंसा विरुद्धको सडक कविताको आयोजक मात्र होइन उनी संयोजनकारी भूमिकामा समेत उनी दमदार देखिएकी थिइन् । उनका कविताहरु अचेल धेरै पढिएका छन् । पछिल्लो पटक निर्मलाको हत्यापछि गरिएको बलात्कारका बारेमा लेखिएका कविताले सबैलाई जुरुक्क उचालेका छन् ।
सरिताको प्रेरणाका स्रोत उनकी आमा थिइन् । आमाबाट उनले आँट गर्ने र धैर्य रहन सिकिन् । विरामी आमाको दैनिकीबाट धेरै कुरा सिक्ने अवसर प्राप्त गरेकी थिइन् सरिताले । आमासंगको बसाइँमा उनले घरपरिवार,समाज र देशलाई चिन्ने अवसर प्राप्त गरिन् ।
सरिताले पढाईलाई भन्दापनि समाजमा त्यसको प्रयोेग र कार्यान्वयनलाई ठूलो ठान्छिन् । माक्र्सबादी चिन्तनले गर्दा नै उनले समाजलाई हेर्ने दृष्टिकोण फराकिलो बनाएकी छन् । उनमा समयचेतको भाव छ । समयलाई बुझ्ने र बुझाउने दर्शन एवम् ज्ञान छ । समाजबाट धेरै कुरा सिकेकी सरिताबाट पनि समाजले धेरै कुरा सिक्न सक्छन् । हामीले पनि सरिताका अनुभव र अनुभूतिबाट धेरै कुरा सिक्ने कि !
अध्ययनशील छिन् उनी । फुर्सदमा कसैका कुरा काटेर भन्दापनि अक्षरमा आँखा दौडाउँछिन् । अक्षरको खेती गर्छिन् । अक्षरको शक्तिलाई महान ठान्छिन् । अक्षरले शब्द,वाक्य र अनुच्छेद बनाउने भएकाले उनी आफूलाई अक्षरकै माली बनाउने अभियानमा छिन् ।
विवाहित सरिताले समयको व्यवस्थापन गरेकी छन् । समाजसेवा,राजनीति,साहित्यिक कर्म अनि विभिन्न अभियानमा आफूलाई अग्रभागमा उभ्याएकी छन् । सफल रहोस् उनको जीवन यात्रा अनि जन्मदिनको शुभकामना पनि ।
(कमला तिवारी सुरुआत्ी समयकी पत्रकार हुन् र सवल फोटो पत्रकार पनि । श्रीनगर अनलाइनकी विशेष सम्वाददाता तिवारी एमएड,एलएलबी हुन् ।)
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया