स्वागत,सम्मान, रामपिथेकस पिकनिक क्षेत्रको उद्घाटन र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
नव आगन्तुक पाल्पाका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख लगायतका सुरक्षा निकायका प्रमुखहरुलाई पाल्पा तिनाउमा रहेको सिद्धबाबा मन्दिर विकास समितिले आईतवार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।
साथै राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको आर्थिक सहयोगमा वनस्पति विभागद्वारा निर्मित रामपिथेकस पिकनिक क्षेत्रको उद्घाटन प्रमुख अतिथिका रुपमा रहेका पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहर खनालले बरको विरुवा रोपण गरी गरेका छन् । कार्यक्रममा उनले दसैं,तिहार,नेपाल सम्बत् र छठको अवसरमा शुभकामना समेत व्यक्त गरेका छन् । उनले सिद्धबाबा क्षेत्रको सडक निर्माण र धूवा धूलोको कारण परेको असरका साथै तिनाउ गाउँपालिकामा ईलाका प्रहरी चौकी स्थापनाका लागि सक्दो सहयोग गर्न आफू तयार रहेको बताए ।
सोही अवसरमा तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तिमगरले तिनाउ क्षेत्रको ऐतिहासिक,धार्मिक एवम् पर्यटकीय क्षेत्रको विकासका निम्ति गाउँपालिकाको ध्यान केन्द्रीत रहेको र सिद्धार्थ लोकमार्गको धूलाम्मे बाटोको सुधारका लागि समेत पहल गरेको बताए ।
कार्यक्रममा तिनाउ गाउँपालिका वडा नं२ का वडाध्यक्ष राजेश श्रेष्ठ,वडा नं.३का वडाध्यक्ष प्रेम पाण्डेय,नेकपाका नेता नारायण थापा,नेपाली काङ्ग्रेसका लाल बहादुर थापा,नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल,भूतखोला सामुदायिक वनका अध्यक्ष दिलकुमारी रोका मगर,सिद्धबाबा धाम विकास समितिका अध्यक्ष लकुश श्रेष्ठ,रामपिथेकस क्षेत्र विकास तथा उपभोक्ता समितिका अध्यक्ष बुद्धबहादुर बस्नेत,दोभान प्रहरी चौकीका इन्चार्ज एक्क बहादुर विकले चाडपर्वका अवस्रमा हुन सक्ने घटनाको न्यूनीकरण,यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय क्षेत्रको विकासका निम्ति आफुहरुले सक्दो पहल गर्ने र त्यसका लागि जिल्ला प्रशासन कार्यालयको समेत सहयोग आवश्यक रहेको बताए ।
सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव अमर प्रधानले गरेका थिए ।
प्रतिक्रिया