सर्वोच्च अदालतको समस्या प्रधानमन्त्रीको अग्रसरतामा समाधान गर्नुपर्ने
admin
२०७८ मंसिर ३, शुक्रबार १४:४८
३ मंसिर २०७८, शुक्रवार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रसरता लिएर समाधान गर्नुपर्ने बताएका छन्। न्यायालयमा भएको विवादको विषयमा सत्ता साझेदार पाँच दलबीच छलफल भएको बताउँदै प्रधानमन्त्रीले नै सबैसँग परामर्श गरेर पहल गर्ने बताए। भरतपुर विमानस्थलमा एकीकृत समाजवादी प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले छिट्टै समाधान हुने दाबी गरे । ‘न्यायालयमा भएको समस्याको निकास सर्वोच्चबाटै समाधान गर्ने काम होस्, नेपालले भने,’ पाँच दलबीचमा बैठक बसेर छलफल गरेका छौं । प्रधानमन्त्रीले अग्रसरता लिएर राज्यका सम्बन्धित निकायसँग परामर्श लिएर समाधानको उपाय निकाल्नुहुनेछ । ‘
नेता नेपालले नेकपा एमाले अब इतिहासमा मात्रै सीमित रहने बताए। पाँच दलको गठबन्धन लामो समयसम्म रहने सहमति भएको जनाउँदै उनले एकअर्कालाई सहयोग गरेर अघि बढ्ने बताए । ‘गठबन्धन देखेर कतिपय पार्टीको सातो गएको छ । नेताको होसहवास बुम भएको छ, नेकपा एमालेतर्फ इङित गर्दै उनले भने,’ सबै काम एकीकृत समाजवादी ले गरेको हुनाले यसको नाम सुन्ने वित्तिकै थरथर काप्न थाल्छन् ।’चितवनमा हुने एमाले महाधिवेशनमा नेपाललाई नबोलाउने भनेर एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भनेको कुरामा नेपालले कसैको पाहुना बन्न चाँसो नभएको बताए । ‘बाटोमा कसले के भन्छ त्यसको टिप्पणी गर्दिन । नबोलाएको पाहुन बन्न हुँदैन भनेझै कसैको पाहुना बन्नुपर्ने केही चासो छैन। हामी हाम्रै काममा यति व्यस्त छौं कि फुर्सद नै छैन।’सारा जनता र कार्यकर्ताको आकर्षण आफ्नो पार्टीमा देखा परेको उनले दावी गरे।
प्रतिक्रिया