
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवासमा आफ्ना मतदातासमक्ष डरलाग्दो अहंकार प्रदर्शन गरेका छन् । एमाले प्रवेश गर्छु भन्दै आफ्नो निवासमा आएका गगन पुरी लगायतलाई ओलीले भेट्न
अस्वीकार गरेका हुन् । गगन पुरी माओवादी केन्द्रका दमकका नेता हुन् । उनी विगतमा माओवादीका तर्फबाट मेयरको उम्मेदवार बनेर पराजित भएका थिए । केपी ओलीको गृहनगर दमक हो ।गगन पुरी र अन्य दुईजना ओलीलाई भेट्न मंगलबार साँझ दमक पुगेका थिए । ओलीसँग भेट्ने प्रबन्ध दमककै एक एमाले कार्यकर्ताले मिलाइदिएका थिए । भेटको समय मिलेपछि पुरी र अन्य दुईजना ओली निवास बालकोट पुगेका थिए। भेट्न गएका अन्य एकजना मोरङ उर्लाबारीका पुराना कम्युनिष्ट कार्यकर्ता भएको बताइएको छ ।
बालकोटमा पहिले त गगन पुरीलाई ओली निवासको कम्पाउण्डभित्र पस्नै दिइएन । सुरक्षाकर्मीले ‘भित्रबाट तपाईंको नाम आउनुपर्छ अनि मात्र भित्र जान पाइन्छ’ भनेका थिए । करिब एक घण्टा गगन पुरीको टोली गेटबाहिरै उभिएर पर्खेका थिए । त्यसपछि झापाकै एक एमाले नेता त्यहाँ आइपुगे । उनले गगन पुरीहरु केपी ओलीको क्षेत्रका मतदाता भएको बताउँदै अनुरोध गरिदिए पनि भित्र पस्न पाएनन् । केपी ओलीले आफ्नो क्षेत्रका मतदातालाई पूरै बेवास्ता गर्दै आइरहेका छन् । ओलीको अहंकार गगन पुरीको टोलीले प्रत्यक्ष भोग्न पायो । आँगनमा ओली निवासका एक अर्दलीले भेट्ने के काम छ भनेर गगन पुरीलाई सोधेका थिए । गगनले ‘केपी कमरेडलाई नै भन्छु’ भनेका थिए ।
तर उनले आफूलाई भन्नैपर्ने नत्र भेट्न नपाइने भनेपछि गगनले एमाले प्रवेशको वातावरण मिलाउन तथा दमकको विकास निर्माण सम्बन्धमा कुरा गर्न आएको हुँ भनेका थिए । गगनको कुरा लिएर ती अर्दली भित्र गए । आधा घण्टापछि मात्र ती अर्दली बाहिर आएका थिए । बाहिर आएर उनले गगनलाई एमाले प्रवेश गर्ने भए प्रेस विज्ञप्ति जारी गरेर अथवा फेसबुकमा लेखेर प्रवेश गर्नु भन्नुभएको छ भने । ओलीको यस्तो जवाफ सुनेर गगनको टोली तिम्मिलाएको थियो । गगनले झोंक्किँदै हाम्रो क्षेत्रका सांसद्लाई भेट्न किन नपाउने भनेका थिए । अर्दलीले ‘तपाईंसँग भेट्दिन भन्नुभएको छ, खुरुक्क बाहिर जानुस्’ भनेका थिए । त्यसपछि गगनको टोली फर्किएको थियो ।
गगनको टोली बालकोट निवासमा रहेका बेला दर्जनौं व्यक्ति भित्रबाहिर गरिरहेका थिए । दर्जनौंले ओलीलाई भेटेका थिए । आफ्नो निर्वाचन क्षेत्रप्रति ओलीको यस्तो उपेक्षा नयाँ होइन । प्रधानमन्त्री भएको बेला पनि ओलीले आफ्नो क्षेत्रका मतदातालाई भेट्दैनथे । आफ्नो निर्वाचन क्षेत्रप्रति ओलीको उपेक्षा देख्नेहरुका अनुसार आउँदो चुनाव ओलीले प्रत्यक्षमा नलडेर समानुपातिकबाट लड्ने अनुमान गर्न थालेका छन् ।
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…


प्रतिक्रिया