बुटवलमा उद्यमशीलता सम्बन्धी एक दिवसीय अन्तक्र्रियात्मक गोष्ठी सम्पन्न
रुपन्देहीका स्थानीय सरकारका उप–प्रमुख एवम् उपाध्यक्षहरुका लागि सञ्चालन गरिएको उद्यमशीलता विकास सम्बन्धी एक दिवसीय अन्तक्र्रियात्मक गोष्ठी विहिवार बुटवलमा सम्पन्न भयो । गोष्ठीमा रुपन्देही जिल्लामा रहेका १६ स्थानीय सरकारमध्ये १४ वटा स्थानीय सरकारका उप–प्रमुख एवम् उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।

उक्त गोष्ठीमा उद्यमशीलता,उद्यम विकास,स्थानीय सरकारहरुका लागि उद्यम विकास योजना निर्माण,समुदायमा गर्न सकिने उद्यम विकासका कार्यक्रमहरु,लगानीका क्षेत्रहरु र यसको चाँजोपाँजो, स्वरोजगार एवम् रोजगारमुखी कार्यक्रमहरुका निम्ति कस्ता खालका कार्यक्रमहरु तयार गर्न सकिन्छ भनेर छलफल तथा अन्तक्र्रिया भएको थियो ।

सो गोष्ठीको कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट(केपीन),नेपालका अध्यक्ष निर्मल सिग्देलले सहजीकरण गरेका थिए । गोष्ठीका प्रमुख अतिथि प्रदेश सरकारका उद्योग,पर्यटन,वन तथा वातावरण सचिव धनञ्जय पौडेलले स्थानीय सरकारका उपप्रमुख एवम् उपाध्यक्षहरुका निम्ति सञ्चालन गरिएको उद्यमशीलता सम्बन्धी गोष्ठीले पक्कै पनि स्थानीय तहमा उद्यमशीलता सम्बन्धी योजना,कार्यक्रम तय गरि कार्यान्वयन गर्न सहज हुन सक्ने बताए ।

साथै उनले स्थानीय महिला उद्यमीहरुले तयार पारेका उत्पादनलाई बजारको खोजी र व्यवस्थापन गर्नमा समेत स्थानीय सरकारको सहयोग रहनु पर्ने बताए । कार्यक्रममा बुटवल उप–महानगरपालिकाकी उप–प्रमुख गोमादेवी आचार्य,सियारी गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङ,शुद्धोधन गाउँपालिकाकी उपाध्यक्ष शान्ता ज्ञवाली,मर्चवारीमाई गाउँपालिकाकी उपाध्यक्ष सुनिता कलवार,श्रीनगर अनलाईन मिडियाका प्रवन्ध सञ्चालक मनिष पन्थ,सम्पादक दल बहादुर गुरुङ, सिद्धार्थ बैंक मणिग्राम शाखाका प्रवन्धक राजेन्द्र आचार्य लगायतले उद्यमविकासका निम्ति स्थानीय सरकार निरन्तर रुपमा लाग्नुपर्ने बताए ।

साथै उद्यमीहरुका तर्फबाट बिनु राना,कमला वस्याल,दर्गा पौडेल,खिम कुमारी गराउँ,बुद्धिमाया सुनारले आआफ्ना उद्यम र यसका सिकाईहरुका सन्दर्भमा प्रकाश पारेका थिए । गोष्ठीका सहभागीहरुले गोमादेवी आचार्यको संयोजकत्वमा १६ सदस्यीय उद्यम विकास समितिको समेत गठन गरेको छ र आगामी तिन महिनाभित्र गोष्ठीका सिकाईहरुलाई प्रस्तुत गर्ने गरी सियारी गाउँपालिकामा उद्यम विकास समितिको पहिलो बैठक बस्ने समेत निर्णय भएको छ ।

उक्त गोष्ठीमा नवलपरासीका ढाका,मूढा,मह उद्योगीहरुको सामग्री र रुपन्देहीका दिदीबहिनीहरुले तयार पारेका चूरा,पोते र झोलाको प्रदर्शन समेत गरिएको थियो । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गोष्ठीको आयोजना कञ्चनजंघा पोलिटेक्निक इन्स्टिच्यूट(केपीन)नेपाल र श्रीनगर अनलाईन मिडिया बुटवलले संयुक्त रुपमा गरेका थिए ।

- admin
- २०७५ आश्विन ११, बिहीबार १५:२१
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया