१७ कार्तिक २०७८, बुधवार
अर्थमन्त्री जनार्दन शर्मालले गठबन्धन सरकार पूरा कार्यकाल टिक्ने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार निरन्तर चल्नेमा कुनै शंका नरहेको बताउनुभयो । उहाँले अहिलको सरकार जनताबाटै निर्वाचित प्रतिनिधिहरुको सरकार भएकोले पूर्ण कार्यकालसम्म रहने विश्वास व्यक्त गर्नुभयो । ‘अहिलेको सरकार प्रतिगनकारी शक्तिलाई परास्त गरेर आएको हुनाले पूर्ण कार्यकाल चल्छ’ मन्त्री शर्माले बताउनु भयो ‘गठबन्धनको सरकाले संघीयता, लोकतन्त्र, गणतन्त्र र जनताका अधिकार संरक्षण गरेकोले सरकार ढल्ने कुरा निराधार हो ।’
प्रतिगमनकारी शक्तिले संसद भंग गरेर केही समय देशमा अस्थिरता सिर्जना गरेको उल्लेख गर्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख शर्माले प्रतिगमनकारीहरुले पटकपटक संसद विघटन गरेर देशलाई दुर्घटनामा पु¥याउन खोज्दा माओवादीसहितको गठबन्धन निर्माण भएको बताउनुभयो । सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटार विमानस्थल नजिकै आयोजित कार्यक्रममा मन्त्री शर्माले पूर्वी पहाडी क्षेत्रको सङ्खुवासभामा मात्रै अथाह स्रोत–साधन रहेको भन्दै यसको उपयोग गरे संखुवासभामा कायापलट हुने धारणा व्यक्त गर्नुभयो ।
‘हामी नेपालीहरू गरिब छैनौँ, हामीसँग अथाह स्रोत–साधान छ । यही जिल्लामा जलविद्युतको थुप्रै सम्भावना छ । सरकारले एक हजार मेगावाटभन्दा बढीको माथिल्लो अरुण लगायत थुप्रै जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीहरूलाई जिम्मा दिएको छ । यसले राष्ट्र र नागरिक दुवैलाई फाइदा दिन्छ’, मन्त्री शर्माले भन्नुभयो । सङ्खुवासभामा किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत् परियोजनालगायत थुप्रै सम्भावना रहेकाले नेपालको व्यापार घाटा घटाउन यो जिल्लाले सघाउ पु¥याउने मन्त्री शर्माको भनाइ थियो । नेकपा माओवादी केन्द्र संखुवासभाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन मन्त्री शर्मा मंगलबार संखुवासभा पुग्नु भएको हो । उहाँ बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
- admin
- २०७८ कार्तिक १७, बुधबार १०:२४
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया