१५ कार्तिक २०७८, सोमवार
अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले माओवादी परिवर्तनको संवाहक भएको उल्लेख गर्दै यसमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । आइतबार मकवानपुरको हेटौँडामा भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले नेपालको संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका परिवर्तन माओवादी आन्दोलनले सम्भव भएको भन्दै माओवादी सधैँ परिवर्तनको संवाहक भएको जिकीर गर्नुभयो । त्यही परिवर्तनको संवाहकमाथि अहिले निरन्तर प्रहार भइरहेको भन्दै त्यसको सामना डटेर गर्नसमेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।
‘परिवर्तनको संवाहक माओवादी पार्टी हो, त्यसको नेता नायक प्रचण्ड हुन्’, उहाँले भन्नुभयो, ‘अहिले परिवर्तनको संवाहक माओवादीलाई नढालेसम्म प्रतिक्रान्ति गर्न सकिँदैन भनेर उनीहरूले बुझेका छन् । त्यसैले निरन्तर आक्रमण गरिरहेका छन् ।’ त्यस्तो प्रतिक्रान्तिलाई परास्त गर्न माओवादी पंक्ति एक जुट भएर जनतामा जानुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । साता दिनअघि पूर्वअर्थसचिव रामेश्वर खनालको भनाइप्रति लक्षित गर्दै उहाँले त्यसलाई आक्रमणको निरन्तरता भएको बताउनुभयो ।
‘प्रतिगमनकारीले मान्छे प्रयोग गरेर माओवादीको पानी छामेको हो त्यो’, उहाँले भन्नुभयो, ‘त्यस किसिमको प्रतितिगमनकारी तत्वलाई सामना र परास्त गर्न माओवादी सक्षम छ ।’
मन्त्री शर्माले इतिहास र वर्तमानलाई बुझ्ने तथा भविष्यलाई मूर्त आँकलन गरेर मात्र परिवर्तन सम्भव हुने पनि बताउनुभयो । यी विषयलाई आत्मसात गरे माओवादीलाई बुझ्न सकिने उहाँको भनाइ रहेको छ । वाईसीएलको हेटौँडा उपमहानगर कमिटीको सो पहिलो सम्मेलनमा सयौँको संख्यामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनीहरूलाई पार्टीका संगठन विभाग प्रमुख समेत रहनुभएका मन्त्री शर्माले खादा ओढाएर स्वागत गर्नुभएको थियो ।
- admin
- २०७८ कार्तिक १५, सोमबार ११:३२
२०८२ श्रावण ३, शुक्रबार १०:४१
गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला शुरु भएको छ । यस क्षेत्रमा साउन महिनाभर…
Recent Posts
-
मोटरसाइकल अनियन्त्रित हुँदा दुई युवकको मृत्यु
२०७९ माघ २, सोमबार १२:२८
-
आज ११ बजेदेखि साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने
२०७९ माघ २, सोमबार १२:१८
-
पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु
२०७९ पुष २४, आईतवार १२:३९
-
झापामा तीन बेवारिसे बालकको उद्धार
२०७९ पुष १७, आईतवार १६:२२
-
आमाको अन्तिम दाहसंस्कार गरे नरेन्द्र मोदीले
२०७९ पुष १५, शुक्रबार १६:०२
-
साइप्रस पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
२०७९ पुष १५, शुक्रबार १५:३५
-
चिसोका कारण खुम्बु छोड्दै व्यवसायी
२०७९ पुष १५, शुक्रबार १५:२२
-
कोरोना बढेसँगै अन्तर्राष्ट्रिय यात्रु आगमनमा भारतको कडाई
२०७९ पुष १५, शुक्रबार १३:४१
-
स्कुलमा बाबा र आमाको सेवा गर्न सिकाउँदै
२०७९ पुष १५, शुक्रबार १३:३०
-
नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने
२०७९ पुष १५, शुक्रबार १२:२०
प्रतिक्रिया